पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
दुर्घटनामा ११ जना घाइते भएका छ्न् । दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत भएको पाल्पा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा अर्घाखाँची पाणिनी १ की ६५ वर्षिया स्यामकला परीवार, २६ वर्षिय चालक रमेश बिक, अर्घाखांची पाणिनी २ पोखरा थोककी २५ वर्षिया सिता गौतम र २ वर्षिय नावालक संयोग गौतम रहेका छन् । नावालक गौतमको उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकाहरुको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल, चौराहा अस्पताल र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार प्रादेशिक अस्पताल बुटबलमा पाणिनी १ का वर्ष ६६ का राम बहादुर बिक, वर्ष ६ का संयोग गौतम, वर्ष ५ की पर्थिस्ती पोख्रेल, जिल्ला गुल्मी रुरु बलेटक्सार बस्ने वर्ष ९ को सार्थक जवाली र पाणिनी १ बस्ने वर्ष २० को सोलिन परीयार उपचाररत रहेका छन् ।
त्यसैगरि बुटवल स्थित चौराहा अस्पतालमा अर्घाखांची पाणिनी १ बस्ने वर्ष ४४ को विजय पोख्रेल र वर्ष ४० को विजय हरी गौतमको उपचार भइरहेको छ भने भैरहवा मेडिकल कलेजमा अर्घाखाँची छत्रदेव ४ धरमपानी बस्ने वर्ष ७ को समिर पाण्डे, वर्ष १० को अनुप सोमरे, पाल्पा तिनाउ ३ डोभान बस्ने वर्ष ५ की आर्या भण्डारी र आर्याकी आमाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।



















प्रतिक्रिया