१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

वृहत्तर लुम्बिनीको प्रवर्द्धन गर्न स्थानीय तहसँग छलफल



लुम्बिनी । अगामी आर्थिक वर्ष २०८०र८१ को नीति कार्यक्रमलाई प्रभावकारी बनाउन लुम्बिनी विकास कोषले वृहत लुम्बिनी क्षेत्रका स्थानीय तहसँग छलफल गरेको छ । वृहत लुम्बिनी क्षेत्रमा बुद्धस्थलहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा सहकार्य गर्ने गरी छलफल कार्यक्रम गरिएको हो ।

बुद्धजन्मस्थल लुम्बिनीको विकाससँगै बुद्धको गृहनगर तिलौराकोट, अस्तुधातु रहेको रामग्राम र मावली देवदहका पुरातात्विक क्षेत्रको संरक्षण, उत्खनन र प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले छलफल कार्यक्रम गरिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।

आगामी आर्थिक वर्षको बजेट निर्माणको पूर्व सन्ध्यामा पुरातात्विक क्षेत्रको उत्खनन, संरक्षण र प्रवद्र्धनमा उपलब्धिमूलुक काम गर्नका लागि छलफल फलदायी हुने उनको विश्वास छ ।

उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्थानीय सरकारसँग सहकार्यमा वृहत्तर लुम्बिनी क्षेत्रमा उत्खनन र प्रवद्र्धनमा काम गरिने बताए । छलफलमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँनले लुम्बिनीको बाहिरी क्षेत्रमा पनि पर्यटक लोभ्याउने गरी विकास गर्नुपर्नेमा जोड दिए ।

यस्तै रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले रामग्रामको संरक्षण हुन नसकेको भन्दै आफूहरु त्यहाँको विकासका लागि सहकार्य गर्न तयार रहेको बताए । सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक मोहम्द खाँले लुम्बिनी आउने पर्यटकलाई कम्तीमा तीन दिन बस्ने वातावरण बनाउनुपर्ने बताए ।

सैनामैना नगरपालिकाका नगरप्रमुख फणिन्द्र शर्माले सैनामैना पनि बुद्धसँग सम्बन्धित क्षेत्र भएको दाबी गर्दै त्यहाँका पुरातात्विक क्षेत्रहरुमा उत्खननका लागि सहकार्य गर्न तयार रहेको बताए ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले वृहत्तर लुम्बिनी क्षेत्रमा विकास हुन नसकेको भन्दै गुनासो आइरहेकाले त्यसलाई आगामी दिनमा सम्बोधन गर्न कार्यक्रम गरिएको बताउँदै स्थानीय तहले पनि आफ्ना सम्पदा क्षेत्रको संरक्षण र प्रवद्र्धनमा बजेट छुट्याएर जानुनपर्नेमा जोड दिए ।

कार्यक्रममा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले लुम्बिनी गुरुयोजना, वृहत्तर लुम्बिनी क्षेत्र र आगामी योजना प्रस्तुत गर्दै रुपन्देही, कपिलबस्तु र नवलपरासीका बौद्धस्थलको विकासका लागि कोषका तर्फबाट काम भइरहेको जानकारी गराए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  २ : १४ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो