२१ माघ २०८२, बुधबार | February 4, 2026

कल बाइपास आरोपमा एक चिनियाँसहित दुई जना पक्राउ



काठमाडौं । कल बाइपास गरेको आरोपमा एक जना चिनियाँसहित दुई जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कल बाइपास गर्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो । नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले घटनाका विषयमा अनुसन्धान भइरहेको र दुई जना नियन्त्रणमा लिइएको पुष्टि गरे ।

पक्राउ पर्नेमा २२ वर्षीय गणेश श्रेष्ठ र ४० वर्षीय चिनियाँ नागरिक झाओ रहेका छन् । चिनिया नागरिक झाओ तीन महिनादेखी नेपाल बस्दै आएका थिए ।

उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट ओटीपी बाइपास गर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । सामाजिक सञ्जाल भाइबर, भाइबर, टिकटक, फेसबुक लगायतका एपमा  वान टाइम पासवर्ड (ओटीपी) बाइपास गर्ने गर्थे ।

उनीहरूको साथबाट ४ लाख ८० हजार नेपाली रुपैयाँ, १ हजार ९ सय अमेरिकी डलर, २ हजार ४ सय थान नेपाली सिम कार्ड, १२८ वटा एन्टेना पनि प्रहरीले बरामद गरेको छ । यस कार्यमा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने आंशका गर्दै प्रहरीले अन्य कनेक्सन खोजी गरिरहेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ७ : ३५ बजे

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता

गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’

गुल्मी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै