८ चैत्र २०८२, आइतबार | March 22, 2026

मेलम्चीको पानी वितरण शुभारम्भ गरिएको भृकुटीमण्डपकै धारामा झर्दैन पानी



काठमाडौं । राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गरिएको भृकुटीमण्डपस्थित धारामै पानी आउँदैन भन्दा धेरैलाई अनौठो लाग्न सक्छ ।

तर यो वास्तविकता हो । विसं २०७७ चैत २० गते शुक्रबार तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीमा मेलम्चीको पानी वितरण यही धारामा पानी खोलेर गरेकी थिइन् । त्यसबेला कार्यक्रम सञ्चालकले अब सधैँ यो धाराबाट पिउने पानी पाइने उद्घोष गरेका थिए । तर अहिले त्यो धारामा पानी आउँदैन ।

यो धारामा राखिएको शिलालेख हेरेर पानी पिउन चाहने मानिस नजिकै जान्छन् । तर धारामा पानी खस्दैन । धाराको केही संरचना त उक्किसकेको छ । भृकुटीमण्डपमा आइरहने विद्यार्थी नरराज कुइँकेल यही धाराले मेलम्चीको पानीको वितरण अवस्था राजधानीमा के छ भन्ने प्रष्ट हुने बताउँछन् । पानी प्यास लागेका बेला धारा देखेर पिउन जाँदा नआएको उनले गुनासो गरे ।

विभिन्न प्रदर्शनी भइरहने भृकुटीमण्डपको यो कुनामा प्रायः जुत्ता र चप्पल मेला लाग्ने गरेको छ । अहिले पनि जुत्ता र चप्पल मेला भइरहेको छ । जुत्ता र चप्पल मेलाका लागि घेरिएको जस्ताले धारालाई पनि ओझेलमा पारेको छ । पानी वितरणको शुभारम्भ गरिएकै धारामा पानी नआएपछि ग्राहकका धारामा पानी जाला र ? भन्ने सन्देश यसबाट प्रवाह भएको भृकुटीमण्डपमा भेटिनुभएका बागबजारका स्थानीयवासी समिना खड्गीले बताइन् ।

एक दिन पानी झरेको देखाउन बनाइएको यो धाराका लागि कति खर्च भयो होला भनी राजधानीवासीले खोजी गर्नुपर्ने उनको माग छ । सार्वजनिक सेवा प्रदायकका यस्तै गतिविधिले राजधानीवासीलाई आक्रोशित बनाउने गरेको छ ।

 

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ६ : ५१ बजे

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय