१२ बैशाख २०८१, बुधबार | April 24, 2024

बुटवलमा १० वटा पसल अनुगमन गर्दा ६ वटा पसल न दर्ता न नविकरण



बुटवल । बुटवलमा १० वटा फलफुलजन्य पसलको अनुगमन गर्दा ६ वटा पसल दर्ता नभएका र अध्यावधिक नगरिएका भेटिएका छन् । बुटवल उपमहानगरले आज गरेको १० वटा फलफुलजन्य पसलको अनुमनमा ६ वटा पसलहरु दर्ता नभएको तथा अध्यावधिक नभएको भेटिएको हो ।

उपमहानगरले गरेको अनुगमनमा ३ वटा पसल कुनैपनि निकायमा दर्ता नगरि संचालनमा रहेको, ३ वटा दर्ता गरेपनि वषौंदेखि नविकरण नै नगरेको तथा ४ वटा पसलले विषादी परिक्षण नगरि फलफुल बिक्रिबितरण गर्दै आएको अनुगमन टोलीका संयोजक बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् ।

अनुगमन टोलीले ५० किलो बराबरको सडेगलेको अखाद्य फलफूल जफत गरि नष्ट गरेको छ भने दर्ता पनि नभएको र अखाद्य अवस्थामा रहेको सडेगलेको करिव ५० किलो विभिन्न जातका फलफुल पसलमा राखेको बुटवल ६ मा विजय गुप्ताले संचालन गरेको पसललाई १५ हजार जरिवाना गरेको उपमहानगरका अधिकृत ठगेश्वर पोखरेलले बताए । गुप्तालाई व्यवसाय दर्ता गरी आजै कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको पनि उनले बताए ।

दर्ता नगरि पसल संचालन गर्ने राजन वर्णवाल र राजकुमार तेलीलाई पसल दर्ता गरि कार्यालय उपस्थित हुन निर्देशन गरिएको छ भने नविकरण नगरेका शाह इन्टरनेश्नल फ्रुट एण्ड भेजिटेवल सप्लायर्स बुटवल ६ का नुरुदिन शाह, समिम सब्जी तथा आलु प्याज पसल बुटवल ६ का समिम अन्सारीलाई ब्यवसाय नबिकरण गरि कार्यालयमा उपस्थित हुन निर्देशन गरिउको पोखरेलले बताए ।

महालक्ष्मी फ्रुट सेन्टर बुटवल ६ की दिपा घिमिरे, गौरसिया फ्रुट सेन्टर बुटवल ६ का मोहम्मद याकुव, रहमान फ्रुट सेन्टर बुटवल ६ का आषिक अली र अब्दुल भेजिटेवल सेन्टर बुटवल ६ का आषिक अलीले विषादी परिक्षण नगराई पसलमा फलफुल बिक्रि गरिरहेकाले अनुगमन समितिले फलफुलको बिक्रिमा रोक लगाउँदै विषादी परिक्षणका लागि नमुना ल्यावमा पठाएको छ ।

अनुगमनमा बुटवल उपमहानगरपालिका, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, उपभोक्ता हित संरक्षण मञ्च बुटवल, बुटवल कृषि उपज थोक बजार, द्रुत विषादि परिक्षण ल्यावका प्रतिनिधिको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ५ : १९ बजे

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम

आजदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुदैं

काठमाडौं । गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको

आजको मौसम : केही प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

‘भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न