१३ बैशाख २०८२, शनिबार | April 26, 2025

बुटवल बजारमा खाद्य अनुगमन, अखाद्य वस्तु बरामद गरी नष्ट



बुटवल । बुटवल बजारका विभिन्न ठाउँमा खाद्य अनुगमन गरिएका छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देही, र बुटवल उपमहानगरको संयुक्त टोलीले बुटवलका विभिन्न ठाउँमा रहेका किराना पसल, होटल तथा मिष्ठान्न भण्डारको अनुगमन गरेको हो ।

ईलाका प्रशासन कार्यालय बुटवल तथा उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको समेत सहभागिता रहेको अनुगमन गर्ने क्रममा भेटिएका विभिन्न अखाद्य पदार्थ जफत गर्नुका साथै सुधारका लागि निर्देशन समेत दिइएको गुण नियन्त्रण कार्यालयकी खाद्य अधिकृत जोश्ना शर्मा अधिकारीले जानकारी दिइन । बुटवल उपमहानगरपालिकाकी उप प्रमुख सावित्रादेवी अर्यालसहिटको टोलीले लुम्बिनी प्रादेशिक अस्पतालको चमेनागृह अनुगमन थप व्यवस्थापनका लागि सुझाव दिएको थियो । यसैगरी आम्दा अस्पताल बुटवलको चमेना गृहमा शरसफाईलाई ध्यान दिन निर्देशन गरेको थियो ।

यसैगरी राजमार्ग चौराहस्थित कस्तुरी मिष्ठान्न भण्डारमा अखाद्य भैसकेका वस्तुहरुलाई समयमै व्यवस्थापन गर्न तथा सरसफाईमा थप ध्यान दिन निर्देशन गरिएको उपभोक्ता हित संरक्षण मञ्च रुपन्देही अध्यक्ष तेजकुमार पाठकले जानकारी दिए ।

अनुगमन टोलीले बुटवल-६ स्थित कृष्ण किराना पसलबाट म्याद गुज्रीएको भुजिया ४ प्याकेट तथा ५० प्याकेट सेमोटोमिया बरामद गरिएको थियो । यसैगरी रंग प्रयोग गरिएको ३० केजी खुला मटर तथा ३ प्याकेट दालमोठ बरामद गरिएको थियो । यसैगरी थापा गेडागुडी जनरल स्टोरबाट रंग हालिएको १०५ थान झिनुवा रोटी बरामद गरी नष्ट गरिएको गुण नियन्त्रण कार्यालयकी प्रतिनिधि स्वेच्क्षा पौडेलले जानकारी दिइन । यसैगरी न्यु कान्दु किराना तथा खाद्य पसलबाट म्याद गुज्रीएका केही वस्तु बरामद गरिएको उनले जानकारी दिइन ।

अनुगमनमा ईलाका प्रशासन कार्यालय बुटवलका प्रतिनिधि जिवराज पन्थी, बुटवल उपमहानगरपालिका अनुगमन शाखाका अधिकृत ठगिश्वर पोखरेल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ६ : ४४ बजे

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

भैरहवा । भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलामा

एपिएफ क्लव बन्यो लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको च्याम्पियन

नेपालगन्ज । विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबलाई १–० ले पराजित

माछापुच्छ्रे बैंक र कुवेत स्थित अलमुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सेवा सम्झौता

काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास बित्त : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास

प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गर्न माओवादीको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले