६ बैशाख २०८३, आइतबार | April 19, 2026

कोलेस्ट्रोल नियन्त्रण गर्न यो गर्मीमा खानुहोस् यी ६ फलफूल



काठमाडौं । खराब खानेकुरा छनोट गर्दा तपाईको रगतमा खराब कोलेस्ट्रोल अर्थात एलडीएल कोलेस्ट्रोलको स्तर बढ्न सक्छ । चिल्लो पदार्थ खाने, मदिरा सेवन गर्ने र दिनभर अल्छी रहँदा कोलेस्ट्रोल र मोटोपना बढ्छ र हृदयघातको सम्भावना पनि बढ्छ ।

तर, सबै कोलेस्ट्रोल खराब हुँदैनन्, शरीरमा एचडीएल कोलेस्ट्रोल कायम राख्न धेरै महत्त्वपूर्ण छ । रातो मासु, प्रशोधित मासु, भुटेको खानेकुरामा खराब कोलेस्ट्रोलको मात्रा धेरै हुन्छ भने राम्रो कोलेस्ट्रोल प्राप्त गर्न घिउ, अण्डा, चिजलाई आहारमा समावेश गर्नुपर्छ ।

स्याऊ

कोलेस्ट्रोल घटाउने सन्दर्भमा स्याउलाई सबैभन्दा राम्रो फल मानिन्छ । स्याउमा प्रशस्त मात्रामा घुलनशील फाइबर हुन्छ, जसले हाम्रो मुटुको स्वास्थ्यको ख्याल राख्छ । यस बाहेक स्याउमा पोलिफेनोल पाइन्छ जसले हाम्रो कोलेस्ट्रोलको स्तर घटाउन मद्दत गर्छ ।

केरा

केरामा पाइने फाइबर र पोटासियमले कोलेस्ट्रोल र ब्लड प्रेसरको स्तर कम गर्छ । केरामा घुलनशील फाइबर हुन्छ, जसले शरीरलाई स्वस्थ राख्न र रोग प्रतिरोधात्मक क्षमतालाई राम्रो बनाउन मद्दत गर्छ ।

अंगूर

अंगूरले रगतको प्रवाहमा प्रवेश गर्छ र सबै खराब कोलेस्ट्रोललाई कलेजोमा लैजान्छ, जहाँ यसलाई प्रशोधन गरिन्छ । कोलेस्ट्रोलको स्तरलाई स्वस्थ राख्न अंगूरको सेवन गर्न सकिन्छ ।

जामुन

ब्ल्याकबेरी र स्ट्रबेरीलाई शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउन सहयोगी मानिन्छ । तिनीहरूले एलडीएल कोलेस्ट्रोललाई अक्सिडाइज हुनबाट रोक्छन्, जुन हृदय रोगको लागि एक प्रमुख जोखिम कारक मानिन्छ ।

अनानास

अनानास भिटामिन, मिनरल्स र पोषणको राम्रो स्रोत हो । अनानासमा पाइने ब्रोमेलेनले धमनीमा जम्मा भएको कोलेस्ट्रोललाई तोड्छ, जसले स्वस्थ रक्तप्रवाहलाई समर्थन गर्छ र हृदय रोगको जोखिम कम गर्छ ।

एभोकाडो

तिनीहरू ओलिक एसिडमा भरपूर हुन्छन्, जसले रगतमा खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्दछ । एभोकाडो सलाद, स्यान्डविच, टोस्ट, स्मूदी र अन्य धेरै तरिकामा उपभोग गर्न सकिन्छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ७ : १२ बजे

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका

विषादीरहित तरकारी उत्पादनमा किसान

टीकापुर । यहाँका किसान विषादीरहित प्राकृतिक तरकारी उत्पादनमा लागेका छन्

हावाहुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

सिरहा । जिल्लामा यस वर्ष आँप उत्पादनमा ह्रास आउने भएको

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’