८ चैत्र २०८२, आइतबार | March 22, 2026

सीमानाकामा प्रदेश मन्त्रीको निर्देशनमा मलखाद भित्राउन छुट ! पाल्पामा धमाधम बरामद



पाल्पा । आजै बिहान नवलपरासीबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको लु १ ख ३८१ नम्बरको ट्रक सहित भारतीय जनउर्वरक परियोजना भारतमा उत्पादीत १६ हजार सात सय ४० किलो अर्थात तीन सय ७२ बोरा )दुई लाख ९७ हजार छ सय मूल्य बराबरको) बिल नभएको युरिया मल मल बरामद गरेको पाल्पा प्रहरीले रामपुरबाटै अझै ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । जिल्लाको रामपुर नगरपालिका र रम्भा गाउँपालिकाबाट एक हजार २२ बोरा अवैध मल प्रहरीले बरामद गरेको हो ।

रामपुर नगरपालिका–५ स्थित बेझाड बजारमा विजय श्रेष्ठको चारतले घरको सटर कोठामा अवैधरूपमा भण्डारण गरी राखेको छ सय ५० बोरा युरिया मल बरामद गरेको छ ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्वमा रहेको उपभोक्ता हित संरक्षण समिति र प्रहरीले शनिबार दिउँसो अनुगमन गर्ने क्रममा मल फेला पारेको हो । रामपुर–५ बेझाडस्थित विजय श्रेष्ठको घरको पहिलो तलाको भाडाको सटर कोठामा मल भण्डारण गरेको अवस्थामा ‘प्रधानमन्त्री भारतीय जनउर्वरक परियोजना भारत युरिया’ नामक रासायनिक मल ठूलो मात्रामा भेटिएको पाल्पा प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले आशङ्का लागेको स्थानमा अनुगमन गर्ने क्रममा भण्डारण गरेर राखिएको पाइएको जानकारी दिए । सम्बन्धित व्यक्तिलाई नभेटेपछि ताला काटेर हेर्दा छ सय ५० बोरा मल फेला परेको उनले बताए । आज बिहानै ट्रक सहित मल बरामद भए लगत्तै अबैध मलका सप्लायर्स फरार भएको अनुमान गरिएको छ ।

अवैधरूपमा भण्डारण भएको युरिया मल अहिले जनप्रतिनिधि, सरोकारवालाको रोहवरमा सटर कोठा सिल गरिएको छ । रामपुरमा ठूलो परिमाणमा अवैध मल फेला परेपछि जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको टोलीले स्थलगत रूपमा अनुगमन गरेको छ ।

“अहिलेलाई सिल गरेर मल राखिएको छ, मल कसरी भित्रियो यसबारेमा प्रहरीले अनुसन्धान गर्नेछ, अवैधरूपमा ल्याएको पाइएमा सम्बन्धित व्यक्ति वा व्यापारीलाई कानूनी कारबाही हुनेछ”, प्रहरी उपरीक्षक थापाले भने ।

आजै बिहान नवलपरासीबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको लु १ ख ३८१ नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा शनिबार बिहान भारतीय जनउर्वरक परियोजना भारत युरिया नामक युरिया मल १६ हजार सात सय ४० किलो अर्थात तीन सय ७२ बोरा रु दुई लाख ९७ हजार छ सय मूल्य बराबरको बिल नभएको मल प्रहरीले बरामद गरेको थियो ।

मल, ट्रक र चालकसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय पठाइएको थियो । ट्रकले पहिले चामलको बिल देखाएको र पछि अनुसन्धान गर्दै गर्दा युरियाको बिल फेला परेको हो । तर बिलमा भने क्रेता र पान नं. फरक–फरक व्यक्तिको रहेको स्रोतले जनाएको छ । रामपुरमा ठूलो परिमाणमा भारतीय मल भित्रिएको आशङ्कापश्चात मल बिक्रेता विभिन्न सहकारीको पनि अनुगमन गरिएको छ ।

केहीदिन पहिलेमात्र लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष पाण्डेले सीमानाकामा मल भित्राउने किसानलाई छुट दिन सीमामा खटिएका प्रहरीलाई निर्देशन दिएका थिए । उनले किसानले मलखाद ल्याउँदा आँखा चिम्लन भनिएको भन्दै भारतबाट किसानले मल ल्याउँदा कडाई नगरिने घोषणा गरेका थिए । मन्त्रीकै आदेशमा नाकाबाट व्यवसायीले किसानका नाममा मल भित्राउने र पहाडी क्षेत्रमा सप्लाई गर्ने गरेको स्रोतको दाबी छ ।

 

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ९ : ५३ बजे

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded