९ पुस २०८२, बुधबार | December 25, 2025

यात्रुवाहक बसमा ‘डस्टविन’राख्न पत्राचार



तनहुँ । तनहुँको व्यास नगरपालिकाले यात्रुवाहक बसमा अनिवार्य ‘डस्टविन’को व्यवस्था मिलाउन यातायात समितिलाई पत्राचार गरेको छ । व्यास नगरलाई सफा र स्वच्छ बनाउने उद्देश्यसहित जथाभावी फोहोर फाल्ने कार्यलाई न्यूनीकरण गर्न यात्रुवाहक बसमा ‘डस्टविन’ को व्यवस्था मिलाउन पत्राचार गरेको हो ।

जथाभावी रुपमा फोहोर फालिदिँदा नगरपालिका दुर्गन्धित हुने भएकाले सवारी साधनमा अनिवार्य ‘डस्टविन’को व्यवस्थापनका लागि निर्देशन सहित पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । उनले भने, ‘नगरपालिकालाई वातावरणमैत्री शहर बनाउन नगर क्षेत्रभित्र गुड्ने सवारी साधनमा अनिवार्य डस्टविन राख्न भनेका छौं ।’

सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई पनि जथाभावी रुपमा फोहोर नफाल्न यातायात समितिमार्फत् जानकारी गराउन निर्देशन दिइएको उनले बताए । जथाभावी रुपमा अटेर गरी फोहोर फालेमा पहिलो पटक तीन हजार र दोस्रो पटक सात हजारसम्म जरीवाना गरिने उनले जानकारी दिए ।

नगरपालिकाले पृथ्वीराजमार्ग यातायात समिति, स्थानीय यातायात प्रालि, व्यासभूमि यातायात प्रालि, ट्याक्सी व्यवसायी समिति र अटो रिक्सा व्यवसायी समितिलाई पत्राचार गरेको हो ।

नगरपालिकाले बजारका विभिन्न क्षेत्रमा फोहोरमैला व्यवस्थापन सम्बन्धी सचेतनामूलक बोर्ड राखेको छ । नगरपालिकाका सरसफाइ शाखाका प्रमुख भाग्यशाली ढुङ्गानाका अनुसार बजारका मुख्य मुख्य भागमा जथाभावी फोहोर नफालौ, फोहोर फालेमा हुने कानूनी कारवाही लगायतका विषयमा सचेतना दिन सचेतनामूलक बोर्ड राखिएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ६ : ४९ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना