२० मंसिर २०८२, शनिबार | December 6, 2025

कालीगण्डकी नदीमा डुबेर दुई युवक बेपत्ता



गैँडाकोट । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका-३, कालीगण्डकी नदीमा डुबेर दुईजना बेपत्ता भएका छन् ।

गैँडाकोट नगरपालिका-३, हर्दी केलादीस्थित कालीगण्डकी नदीमा नुहाउन गएका दुईजना डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए ।

उनका अनुसार नदीमा डुबेर बेपत्ता हुनेमा गैँडाकोट नगरपालिका-२, शिलान्यास चोक बस्ने २५ वर्षीय रमेश चालिसे र चितवनको रत्ननगर नगरपालिका-२, टाँडी बस्ने २४ वर्षीय सुरज सुवेदी रहेका छन् ।

बेपत्ता भएका दुवैजनाको खोजीका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको र हालसम्म अवस्था पत्ता लाग्न सकेको छैन ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ७ : ०७ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय