१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

कागजी शील गरिएको पसलबाट ४९ बोरा मल गायव, कानुनलाई चुनौती दिने ब्यापारीका अगाडी प्रशासन निरिह



बुटवल । बजार अनुगमनका क्रममा बुटवलमा शील गरिएको भनिएको ४९ बोरा अवैध मल व्यापारीकै गोदामबाट गायव पारिएको छ । अनुगमन टोलीले अवैध मल बरामद गरी कागजी शील गरेर छाडिएको मल गोदामबाटै गायव पारिएको हो ।

बुटवलको नेपालगञ्ज रोडमा रहेको ढकाल एग्रोभेटमा भेटिएको ४९ बोरा अवैध मल कागजमा शील गरिएपनि गोदाममा शीलबन्दी नगरी छाडिएको थियो । जिल्ला प्रशासन कार्यालय रुपन्देही तथा कृषि ज्ञानकेन्द्र रुपन्देहीसहितको अनुगमन टोलीले यही जेष्ठ १९ गते फेला पारेको मल गोदामबाटै गायव पारिएको छ ।

अनुगमन टोलीले बरामद गरेर शील गरिएको भनिएपछि अनुगमन टोली र ब्यवसायीको मिलोमतोमा गोदाममा शीलबन्दी नगरी कागज बनाइएको स्रोतको दाबी छ । अनुगमन टोलीमा निस्केका कर्मचारीकै मिलोमतोमा मल गायव पारिएको स्रोतले जनाएको छ ।

अनुगमनमा हिँडेका कर्मचारीले सबैलाई देखाउनका लागि शील गरिएको भनिएपनि मल बिक्रि गर्न सकिने हिसावले गोदाम खुल्लै छाडेर अनुगमनबाट फर्केको थियो ।

प्रशासनले रोक लगाएको मल व्यापारीले मल सप्लायर्सलाई नै फिर्ता गरेको बताएको कृषि ज्ञान केन्द्र रुपन्देहीका सूचना अधिकारी अनिल कुमार कानु बनियाले बताए । मल फिर्ता लगेको भनिएको सप्लायर्स बुटवल-६ आदर्शनगरको सुव एग्रो सेन्टरले फिर्ता गरेर पनि बिक्रि भइसकेको अनुगमन टोलीलाई जवाफ दिएको बताइएको छ । हाकाहाकी अनुगमनलाई चुनौती दिने व्यवसायीका अगाडी नियामक निकाय कृषि ज्ञानकेन्द्र तथा जिल्ला प्रशासन कार्यालय भने निरिह देखिएको छ ।

जेष्ठ १९ गते अनुगमन टोली मुख्य सप्लायर्सका रुपमा रहेको बुटवल-६ आदर्शनगरमा अवस्थित सुव एग्रोभेट सेन्टरमा पुग्दा पूर्व सूचनाका आधारमा सप्लायर्सका सञ्चालक सुन्दर पोखरेल टोली पुग्नु पहिले नै पसल बन्द गरेर बेपत्ता भएका थिए । अनुगमनकै कर्मचारीले उनलाई पूर्व सूचना दिएको स्रोतको दाबी छ ।

कारबाही प्रक्रियामा देखिएको निरिहताका कारण बरामद गरिएको मल नै गायव हुँदा पनि प्रशासनको लाचारीले मिलोमतोको शंकामा पुष्टी हुने देखिएको स्रोतले बतायो ।

जेष्ठ १९ गते ढकाल एग्रोभेटमा फेला परेको लाखौं मुल्यको अवैध मलमा कागजी शील गरेर २७-२८ हजार मूल्य पर्ने बिउविजन तथा विषादी पोको पारेर अनुगमन टोली फर्किएको थियो । बरामद गरिएको बिउविजन र विषादी विभिन्न निकायको रोहबरमा नष्ट गरिएको थियो । कृषि ज्ञानकेन्द्र रुपन्देहीका प्रमुख शिवप्रसाद अर्याल, मल निरीक्षक अनिल कानु बानिया, विषादी निरीक्षक रोजेन्द्र यादव, विउविजन प्रयोगशालाका सालीग्राम पौडेल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज लामिछाने, साना उद्योग कार्यालयका प्रतिनिधि युवराज अचार्य सहितको टोलीले अनुगमन गरेपनि उनीहरु सबैलाई ब्यापारीले चक्मा खुवाएका छन् ।

उल्लेखित मूल्य अनुसार बरामद गरिएको ४९ बोरा मलको कूल १ लाख १७ हजार ६० रुपैयाँ नेपाली मूल्य रहेको थियो । नेपालमा विक्रिका लागि सिफारिस नै नभएको मुस्कान वायोफर्टीलाइजरको उत्पादन ‘२०-२०-१०’ नामक मल विक्रिका लागि राखिएको अवस्थामा मनुगमन टोलीले बरामद गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख रामचन्द्र अर्यालले आवश्यक कारबाहीका लागि कृषि ज्ञानकेन्द्रले प्रक्रिया अघि बढाएको बताउँछन् । उनले अवैध मल बरामद भएको केही दिनसम्म ज्ञानकेन्द्रले अनुगमनको पूरा प्रतिवेदन नबुझाएका कारण कारबाही प्रक्रिया अघि नबढेको उनले बताए । कारवाहीको जिम्मा राजश्व अनुसन्धानलाई दिइएको र उतै सोध्न उपयुक्त हुने अर्याालले बताए । प्रशासनकै उपस्थिती रहेको अनुगमनको निर्देशन ठाडै उल्लंघन गर्ने ब्यवसायीलाई प्रशासनले कारवाही नगरि राजश्वको जिम्मा लगाउनु आफैमा हाँस्यास्पद भएको प्रशासन निकट स्रोतको भनाई छ ।

गोदामबाट मल गायव भएपछि भने कृषि ज्ञानकेन्द्रलाई राजश्व अनुसन्धान कार्यालय बुटवलले पत्र काट्न जिल्ला प्रशासनले निर्देशन दिएको छ ।

यता कृषि ज्ञान केन्द्र रुपन्देहीका सुचना अधिकारी तथा मल निरीक्षक कानु बानियाले मल गोदामसँगै अर्को पसलपनि जोडिएकाले मुचुल्कामा शील गरिएको स्वीकार गरे । ब्यवहारीक बन्दा गम्भीर त्रुती भएको उनले बताए । आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व कार्यालय बुटवललाई जेष्ठ २४ गते नै पत्र काटिएको जानकारी गराउँदै उनले मल गायव पार्नुमा आफूहरुको नभई स्वयम् व्यापारीको नै गल्ती भएको जवाफ दिए । बानियाले भने ‘अब जे गर्नुपर्ने हो राजश्व अनुसन्धान कार्यालयले गर्छ ।’

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ७ : ५७ बजे

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना