२१ भदौ २०८३, आइतबार | September 7, 2026

कृषि र पशु विकासमा निजी क्षेत्रको लगानी आवश्यक : कृषिमन्त्री शर्मा



कर्णाली । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णाली कृषि र पशु विकासमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्र वीरेन्द्रनगर सुर्खेतद्वारा आइतवार आयोजित ‘पशुपन्छी औषधि व्यवसायीको लागि ३५ दिने औषधि व्यवस्थापनसम्बन्धी तालिम’ शुभारम्भ गर्दै उनले यहाँको कृषि र पशु क्षेत्रको विकासमा निजी क्षेत्रको लगानी जरुरी छ भने ।

मन्त्री शर्माले भने, “माथिल्लो क्षेत्रमा चौँरी च्याङ्ग्रा भेडा तथा बाख्रा कार्यक्रमको प्रवद्र्धन र पशुको स्वास्थ्य सेवामा निजी लगानी हुनुपर्दछ । स्थानीय तहमा हुने कृषि तथा पशु क्षेत्रमा गरिने औषद्योपचार प्रद्धति र सिफारिसमा प्रदेश सरकारको चासो भएकाले यसको व्यवस्थापनमा र नियमन गर्ने तालिमको मुख्य उद्देश्य हो ।”

नागरिकको सेवामा सहज र सरल बनाउन तालिम उपलब्धिमूलक हुने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ७ : ११ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त