२२ मंसिर २०८२, सोमबार | December 8, 2025

सिधै सवारी साधन नचल्दा खजुरा क्यान्सर अस्पताल पुग्ने बिरामीलाई सास्ती



खजुरा । बाँकेको खजुरामा सुबिधा सम्पन्न क्यान्सर अस्पताल संचालनमा आएपनि अस्पताल सम्म पुग्ने सवारी साधनको ब्यवस्था नहुँदा बाँके र त्यस आसपासको बिरामीलाई अस्पताल पुग्न समस्या परेको छ । क्यान्सर अस्पताल पुग्न नेपालगन्जबाट बर्दिया वा खजुराको सार्वजनिक सवारी साधनको भर पर्नु पर्दा बिरामीहरुले अस्पताल पुग्न समस्या भोग्नु परेको हो ।

स्वास्थ्य समस्या भएर बिरामी भएकाहरुले क्यान्सर अस्पताल सम्म जाने सवारी नपाउँदा बर्दिया-नेपालगन्ज चल्ने कोचाकोच सवारी भएको बसमा छिर्नुपर्ने वा बाँकेकै सिमलघारी वा खजुरा सम्म पुग्ने सवारी प्रयोग गर्नुपर्ने भएपछि अस्पताल जाने बिरामीलाई सास्ती खेप्नु परेको हो ।

बाँके सहित लुम्बिनी प्रदेशको पश्चिमी भेग सहित कर्णाली र सुदुरपश्चिम प्रदेशका बिरामीलाई सेवा दिईरहेको सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालसँग न त आफ्नै बस छ न त यातायात व्यवसायीले क्यान्सर अस्पतालसम्म पुग्ने सवारी साधनको व्यवस्था गरिदिएका छन् । सुदुरपश्चिमबाट खजुरा पुग्ने बिरामीले नेपालगन्जको पुष्पलाल चोक त्यसपछि अटोमा खजुरा रोड र त्यसपछि बर्दिया वा खजुरा सम्मको सवारी साधान फेर्नुपर्ने हुन्छ भने कर्णाली प्रदेशबाट आउने बिरामीले पनि सोही अनुसारको सास्ती खेप्नु पर्ने हुन्छ । स्थानीय कोहलपुरबाट समेत क्यान्सर सम्म पुग्ने सवारी नहुँदा कम्तीमा ३ वटा साधन फेरेर मात्र अस्पताल पुग्नु पर्दछ ।

सुर्खेतबाट किमो चढाउन खजुरा क्यान्सर अस्पताल पुगेका एक बिरामीले सुर्खेतबाट छुटेको बसले कोहलपुर झारिदिएको र कोहलपुरबाट ३ वटा सवारी साधन फेरेर खजुरा पुगेको बताए । उनले अस्पतालमा लाग्ने खर्च भन्दा बाटोमा सवारी फेर्दा लाग्ने खर्च बढी भएको गुनासो गरे । उनले कोहलपुरबाट सिधै क्यान्सर गेट सम्म चल्ने गरि बस चलाउनु पर्ने बताए ।

अस्पतालले अहिले क्यान्सर सम्बन्धि उपचारका लागि उपचारात्मक, निदानात्मक तथा प्रशामक सेवा सञ्चालन गरिरहेको छ। अस्पतालमा केमोथेरापी, शल्यचिकित्सा, पाठेघरको भित्रि सेकाइ लगायतका सेवाहरु निरन्तर संचालित छन् । यसका साथै बाहिरी सेकाइको लागि मेसिन जडान भइ सुरुवातको तयारी रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले पश्चिम नेपालका करिब ४० जिल्लाका बिरामीहरुको फोक्सो, स्तन, रक्तनली, नाक-कान-घांटी, पाठेघर, हड्डी, दाँत तथा मुख, मुत्रनली तथा पिसाबथैली लगायतका क्यान्सरको उपचारमा महत्वपूर्ण भूमिका खेलिरहेको छ भने पश्चिम नेपालकै एक मात्र पोजेटिभ प्रेसर आइ. सी. यु, मेमोग्राफी, सिटीस्क्यान, चौबिसै घण्टा संचालनमा रहने अत्याधुनिक ल्याब तथा एक्सरे सेवा सहितको सेवा दिइरहेको छ।

बाँकेकै राँझा बिमानस्थल पछाडिको गाँउबाट क्यान्सर अस्पताल पुगेकी खगिसरा मगरले पनि आफुले ३ वटा सवारी फेरेर अस्पताल पुगेको बताइन् । अस्पतालमा निकै सस्तो मुल्यमा उपचार पाएको बताउँदै उनले ठाँउठाँउबाट अस्पताल सम्म पुृग्ने बस छुटाउन माग गरिन् ।

भरतपुर क्यान्सर अस्पतालबाट रेफर गरेर किमो चढाउन खजुरा क्यान्सर पुगेका कञ्चनपुरका धनबहादुर बोहोराले अस्पताल पत्ता लगाउनै गारो भएको बताए । नेपालगन्जमा रिक्सालाई अस्पतालको नाम देखाउँदा बताउन नसकेको उनले बताए । सवारी साधन फेर्दे फेर्दै बल्ल तल्ल अस्पताल पुगेको बताउँदै उनले अस्पतालको प्रचार नपुगेको बताए । भरतपुर क्यान्सर अस्पतालमा चितवनका हरेक स्थानबाट क्यान्सर गेट पुग्ने सवारी साधन पाईएपनि खजुरा क्यान्सर अस्पतालमा त्यस्तो सुबिधा नपाइएको उनले बताए ।

पछिल्लो समय भरतपुर र काठमाडौमा उपचाररत बिरामीलाई पनि किमो चढाउन खजुरा क्यान्सरमा पठाउने गरेको छ । पश्चिम क्षेत्रमा बिरामीलाई भक्तपुर र चितवन भन्दा खजुरा पायक पर्ने भएको भन्दै ती अस्पतालहरुले किमोका लागि खजुरा पठाउने गरेको हो ।

त्यसो त अस्पताल प्रशासनले क्यान्सर गेट सम्म सवारी संचालनका लागि प्रयास नगरेको होईन । स्थानीय प्रशासन, स्थानीय पालिका र यातायात ब्यवसायीसँग क्यान्सर गेट सम्म सवारी साधनको ब्यवस्था गरिदिन आग्रह गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निरज भट्टराईले बताए । उनले संघीय सरकारबाट संचालन भएको अस्पताल भएपनि आगामी आर्थिक वर्षको बजेटमा प्रदेश सरकारबाट कम्तीमा २ वटा बिद्युतिय बसको ब्यवस्था गरिदिन प्रदेश सरकारसँग माग गरिएको डा. भट्टराईले बताए ।

क्यान्सर अस्पतालको सेवा लिन चाहेका बिरामीलाई पनि अस्पताल सम्म आईपुग्ने असहजताका कारण सेवा दिन नसकिएको उनले बताए । सवारी साधन नपाईने भएकाले संध्याकालिन क्लिनिक संचालनमा पनि असहज भएको डा. भट्टराईले बताए ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  १ : ०६ बजे

गोवा नाइट क्लब आगलागीमा मृत्यु हुने २५ जनामा चार नेपाली

काठमाडौं । भारतको गोवामा शनिबार मध्यरात नाइट क्लबमा लागेको भीषण

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

बागलुङ । बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ

काठमाडौंको सिनामंगलमा असई बाबुले गरे चार महिने छोराको हत्या

काठमाडौं । काठमाडौंको सिनामंगलमा पारिवारिक विवादकाबीच एक असईले आफ्नै चार

माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजना : तीस प्रतिशत भौतिक प्रगति

म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलव

पृथ्वीराजमार्गको नागढुङ्गा-मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने

मलेखु । नागढुङ्गा-मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द