३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

हुम्लामा सुनौला हजार दिनमा आमालाई उन्नत जातका कुखुरा



हुम्ला । हुम्लाको दक्षिणी भेगमा रहेको ताँजकोट गाउँपालिकाले नेपाल सरकारको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुनौला हजार दिनका आमा र गर्भवतीलाई उन्नत जातका कुखुरा वितरण गरेको छ ।

गाउँपालिकाभरिका आमाको पोषण स्वास्थ्य सुधार गर्न उन्नत जातका कुखुरा, विभिन्न प्रकारका तरकारीका बीउबिजन पनि वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले बताए ।

गाउँपालिकामा सुनौला हजार दिनका एक सय १० आमालाई प्रतिव्यक्ति एक कुखुराका दरले उन्नत जातका कुखुरा वितरण गरिएको शाखा प्रमुख ढकालले बताए । उनले भने, “सुनौला हजार दिनका आमालाई सहयोग मिलोस् भनेर हामीले कुखुरा वितरण गर्न सुरु गरेका छौँ, आमालाई राम्रै सहयोग हुनेछ ।”

गाउँपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत पाँच वडाका सुनौला हजार दिनका आमालाई कुखुरा वितरण गरिन थालिएको हो । सुनौला हजार दिनका आमा र बच्चाको स्वास्थ्य तथा पोषणमा सुधार गर्ने उद्देश्यले उन्नत जातका कुखुरा वितरण गरिएको जनाइएको छ ।

गाउँपालिकामा भएका सुनौला हजार दिनका आमालाई कुखुराको अण्डा उत्पादन गरी स्वास्थ्य सुधार र कुपोषणको दर न्यूनीकरण हुने विश्वासले कुखुरा वितरण कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए । त्यस्तै गाउँपालिकाले कृषिअन्तर्गत सुनौला हजार दिनका आमालाई मौसमी तरकारी वितरण र सरसफाइसम्बन्धी जानकारी गराइएको हो ।

आमाको आयस्तर बढाउन र कुपोषणदर घटाउन गाउँपालिकाले विभिन्न काम गर्दै आउनुका साथै यो यस्ता खाले अभियान सफल हँुदै आएको अध्यक्ष जैसीले बताए । गाउँपालिकामा भएका सुनौला हजार दिनका आमाले कुखुरा पाउन थालेपछि अहिले आमा बनेका महिला निकै खुसी हुन थालेका छन् । अन्य बस्तुभाउभन्दा कुखुरा पाल्न र हुर्काउन सजिलो हुने भएकाले कुखुरा पाएपछि स्थानीय खुसी भएको उनको भनाइ छ ।

सुनौला हजार दिनका आमाका घरैमा पुगेर उक्त उन्नत जातका कुखुरा र तरकारीको बीउ वितरण गरिएको हो । सधैँभरि पोषण दिएर पुग्दैन, आफ्नो घरमै बनाएर खाने बानीको विकास होस् भन्नका लागि पनि वितरण गरिएको उनी बताउँछन् । सुत्केरी भएका आमाले राम्रो खानेकुरा खान नपाएका कारण बच्चालाई कुपोषण हुने तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने भएकाले यो कार्यक्रम प्रभावकारी बनेको जनाइएको छ । यस्ताखाले कार्यक्रमका लागि गाउँपालिकाले पनि सक्दो सहयोग गर्ने अध्यक्ष जैसीको भनाइ छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ३ : ३३ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा