२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एलन मस्कका चार हजार ५ सय बढी स्टारलिंक स्याटेलाइट अन्तरिक्षमा



फ्लोरिडा । विश्वकै धनी ब्यक्ति इलन मस्कले अन्तरिक्षमा पकड बढाउँदै लगेका छन् । उनको अन्तरिक्ष कम्पनी स्पेस एक्सले सोमबार मात्रै ५२ वटा स्टारलिंक स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा छाडे पछि उननको अन्तरिक्षमाथीको पकड क्रमश बलियो बन्दै गएको छ ।

अमेरिकन सञ्चारमाध्यमका अनुसार टविटर र टेस्लाका प्रमुखसमेत रहेका मस्कको कम्पनि स्पेस एक्सको फाल्कोन-९ बुस्टर रकेटले ५२ वटा स्टारलिंक स्याटेलाइट हिजो अन्तरिक्षमा पठाएको थियो । अमेरिकी समय अनुसार सोमबार बिहान ३ बजेर १० मिनेटमा फ्लोरिडास्थित प्रक्षेपण केन्द्रबाट लन्च भएको उक्त रकेट ८ मिनेटमा काम सम्पन्न गरेर पृथ्वीमा फर्केको थियो ।

समाचार अनुसार लन्च भएको ८ मिनेट ३० सेकेन्डमा फाल्कोन-९ को बुस्टर एट्लान्टिक महासागरस्थित अवतरण स्थलमा फर्किएको थियो । यस वर्ष उक्त बुस्टर रकेटको ९ औं प्रक्षेपण र अवतरण हो ।

अन्तरिक्षको माथिल्लो भागमा रहेको स्टारलिंकका ५२ वटा स्याटेलाइटहरू यसपटक पृथ्वीको तल्लो कक्षमा छाडिएको छ । प्रक्षेपण भएको ६५ औं मिनेटमा ती स्याटेलाइटहरूलाई पृथ्वीको तल्लो कक्षमा छाडने काम सम्पन्न भएको हो ।

हालसम्म स्पेस एक्सले राखेका ४ हजार ५ सयभन्दा बढी स्टारलिंक स्याटेलाइट मध्ये ४ हजार २ सय वटा सञ्चालनमा रहेको स्पेश एक्सका खगोलशास्त्री जोनाथलन म्याडेवल जानकारी दिएका छन् ।

स्टारलिंक मेघा कन्स्टिलेसन निर्माणका लागि मस्कले १२ हजारवटा स्याटेलाइट राख्ने अनुमति पाएका छन् । तर, उनले थप ३० हजारवटा स्याटेलाइट राख्नका लागि अनुमति माग गरेको तर त्यसमा दिने नदिने भन्नेमा पुर्नबिचार भईरहेको अमेरिकी सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ८ : १० बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले