१४ भदौ २०८३, आइतबार | August 30, 2026

नाबालिका बलात्कारमा ८० वर्षीय वृद्धसहित चारजनालाई १८ वर्ष कैद सजाय



ओखलढुंगा । ओखलढुंगा जिल्ला अदालतले नाबालिका बलात्कारमा दोषी ठहर गर्दै ८० वर्षीय वृद्धसहित चारजनालाई १८ वर्षको कैद सजाय फैसला सुनाएको छ ।

मंगलबार जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले जबरजस्ती करणीमा सिद्धिचरण नगरपालिका–३ नारायाणथान माध्यामिक विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद फुयाल, ८० वर्षीय फडिन्द्रप्रसाद दाहाल, डम्बरबहादुर भुजेल र केवल भुजेललाई १८ वर्ष कैदसहित क्षतिपूर्ति र जरिवानाको फैसला सुनाएको हो ।

इजलासले सबैभन्दा बढी प्राध्यानाध्यक फुयाललाई १ लाख ५० हजार क्षतिपूर्ति र अन्य तीन जनालाई ५० हजार रुपैयाँको दरले क्षतिपूर्ति तोकेको छ भने ६ लाखको दरले जरिवाना गरिएको छ ।

१२ वर्षीया नाबालिकालाई फरक-फरक स्थान र समयमा जबर्जस्ती करणी गरेको अभियोगमा २३ असार २०७९ मा  मुद्दा दर्ता भएको थियो । जसको मंगलबार अन्तिम फैसला भएको हो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ५ : १४ बजे

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा

रास्वपा सभापति लामिछाने र बागमतीका मुख्यमन्त्री थापाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

भोटेकोशी बाढी : खोज, उद्धार र राहत प्रभावकारी बनाउन रास्वपा सभापतिको निर्देशन

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार प्रयास जारी, सुरुङको ‘ब्रेक–थ्रु’

काठमाडौं । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना