११ भदौ २०८३, बिहिबार | August 28, 2026

अध्यक्ष तिमिल्सिना र सिपिसिसीका अध्यक्ष हु निङबीच भेटवार्ता



काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ हु निङबीच भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका तिमिल्सिना र हुनिङबीच मंगलबार दिउँसो ग्रेट हल अफ पिपुल्स बेइजिङमा भेटवार्ता भएको हो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल सधैँ एक चीन नीतिको पक्षमा रहेको बताउँदै भविष्यमा पनि नेपाल सो नीतिकै पक्षमा प्रतिबद्ध रहने बताएका थिए । नेपाली भूमिको दुरुपयोग गरी चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने नेपालको नीति र प्रतिबद्धतामा रहेको उनको भनाइ थियो । असल छिमेकी एवं विकासको साझेदारको रूपमा नेपालले चीनसँगको सम्बन्धलाई सधैँ उच्च महत्व र प्राथमिकता दिँदै आएको उनले बताए ।

नेपालको पर्यटन क्षेत्रम चिनियाँ पर्यटकको दोस्रो ठूलो हिस्सा भएको र भविष्यमा सीधा उडानहरू सुरु गरेर यसलाई बढवा दिन अध्यक्ष तिमिल्सिनाले आग्रह गरेका थिए । चिनियाँ ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनले नेपालको पर्यटन बजारमा महत्वपूर्ण योगदान पुर्‍याउनेमा विश्वस्त रहेको बताउँदै उनले पोखरामा चीनका विभिन्न सहरबाट सोझो उडान हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ७ : ०५ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि