३२ असार २०८३, बिहिबार | July 17, 2026

प्रेमिकाको हत्या गर्ने प्रेमी पक्राउ



जनकपुरधाम । धनुषा प्रहरीले ४५ वर्षीया महिलाको हत्या आरोपमा उनकै प्रेमी २२ वर्षीय ओमलाल मण्डललाई पक्राउ गरेको छ ।

बाराको कलैया उपमहानगरपालिका–१८ घर भई जनकपुरधाममा घर बनाउने मिस्त्रीको काम गर्ने मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले मण्डलको लोकेसन चितवनको हाकिम चोक देखिएकोमा जिल्ला प्रहरी कार्यालय, चितवनसँग समन्वय गरेर युवकलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

मिथिलाबिहारी नगरपालिका तारापट्टीकी करिब ४५ वर्षीया उषा दासका श्रीमान्‌को मृत्युपश्चात युवक र उनी प्रेम सम्बन्धमा रहेकोमा महिलाले युवकलाई विवाह गर्न भनेपछि युवकले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको धनुषा प्रहरीको भनाइ छ ।

आइतबार साँझ करिब ५ बजेको समयमा मिथिलाबिहारी–८ तारापट्टीस्थित पोखरीको छेउमा गाडिएको अवस्थामा शव फेला परेको थियो । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

गत बिहीबार राति ११ बजे बिहेकै विषयमा दुबैजनाबीच विवाद हुँदा ओमलालले एक थप्पड हानेको र थप्पड हान्नसाथ महिला बाहिर निस्की भाग्न लाग्दा समातेर घाँटी थिचेर मारेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

महिलाको मृत्युपश्चात युवकले पोखरीको छेउमा खाल्डो खनेर शव गाडेका थिए। महिलाको कपडासमेत खोली सोही पोखरीको अर्को छेउमा गाडेर महिलाले प्रयोग गरेको मोबाइल पोखरीमै फालेर युवक फरार भएका थिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ७ : २० बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना