१४ भदौ २०८३, आइतबार | August 30, 2026

प्रतिकूल मौसमले हवाई उडान प्रभावित



काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान प्रभावित भएको छ ।

मौसम बदलीका कारण भिजिबिलिटी कमजोर हुँदा देशका विभिन्न गन्तव्यको उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल कार्यालयका अनुसार अहिले विराटनगर, जनकपुर, सिमरा, पोखरालगायतको विमानस्थलको उडान रद्द गरिएको छ ।

काठमाडौँबाट सिमराका लागि आज साँझ तय गरिएका दुई उडान रद्द गरिएको छ भने विराटनगरबाट काठमाडौँ उडेको बुद्ध एयरको जहाज उतै फर्किएको छ । धनगढीबाट काठमाडौँ आएका जहाज पनि लामोसमयको होल्डपछि काठमाडौँ विमानस्थलमा अवतरण गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

यस वर्षको मनसुन प्रणाली आज नेपालको कोशी प्रदेश, पूर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भू–भागमा आगमन भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण काठमाडौँमा साँझपखदेखि अहिले पनि निरन्तर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौँको आकाश पूर्ण बदली रहेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ८ : २२ बजे

रसुवा बाढी : हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७ः४५

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन । भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

चीनले दिएको ३० करोड रुपैयाँ अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण

काठमाडौं। चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा