३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

लुम्बिनीका विद्युतिय बस संचालन गर्न नदिने यातायात ब्यवस्था कार्यालयका विरुद्ध जुट्न नाट्टाको आह्वान



बुटवल । लुम्बिनीमा रहेका विद्युतिय सवारी साधन संचालनमा प्रदेश सरकारले गरेको निर्णय अवज्ञा गर्ने यातायात ब्यवस्था कार्यालय रुपन्देहीको कार्यको बिरोध आउन थालेको छ । प्रदेश सरकारले सेतो नम्बर प्लेटलाई हरियो नम्बर प्लेट बनाएर पर्यटन सवारीका लागि संचालन गर्न अनुमति दिने निर्णय गरेपनि कार्यबिधि नभएको भन्दै प्रदेश सरकार अन्तर्गतकै यातायात ब्यवस्था कार्यालय रुपन्देहीले सवारी दर्ता गर्न नमानेपछि यातायात ब्यवस्था कार्यालयको कार्यको पर्यटन ब्यवसायीबाट बिरोध भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रालय र लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री कार्यालयले समेत लुम्बिनीमा रहेका विद्युत्तिय सवारी साधनलाई सन्चालन गर्ने र त्यसकोलागि हाल सेतो प्लेटका ती सवारीको नम्बर प्लेट पर्यटक सवारी प्लेट हरियो बनाउन निर्देशन समेत दिएको अवस्थामा एकाएक यातायात व्यवस्था कार्यालय रुपन्देहीले दर्ता नगरेको प्रति नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) लुम्बिनीले गम्भिर ध्यानावर्षण भएको जनाएको छ । नेपाल सरकारले बजेटमा पर्यटन दशक घोषणा गरेर पर्यटन व्यवसायीमा केहि आशको सञ्चार जगाएकोमा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा दिने विद्युतिय बस र ट्याक्सी सन्चालनमा सरकारी पक्षबाट नै गरिएको अवरोधले पर्यटन व्यवसायीलाई निरास बनाएको नट्टाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

समृद्ध नेपालको मूल आधार पर्यटन उद्योग र व्यापार भन्ने तर सरकारी नारा र योजनालाई नै असफल पार्नेगरी यातायात व्यवस्था कार्यालयले गरेको कार्यको नाट्टाले भत्र्त्सना समेत गरेको छ । ‘दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजना अन्तर्गत बृहत्तर पर्यटकीय क्षेत्रको भ्रमणमा आउने बाह्य तीर्थयात्री तथा आन्तरीक पर्यटकको यातायात सहजताकोलागि अनुदान स्वरूप प्राप्त भएको विद्युत्तिय बस र विद्युतिय भ्यान यतिबेला लुम्बिनीको बसपार्क नजिकै घाम तापेर यस्न बाध्य पार्ने काम सरकारी कार्यालयको अव्यवहारीक कार्यले हो भन्ने हाम्री ठम्याई छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘संघीय सरकारको पर्यटन हेर्ने विभागीय मन्त्रालय र लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयको निर्णय र निर्देशनलाई समेत चुनौती दिदै एउटा कार्यालयको गरको उक्त अबरोधले पुरै पर्यटन क्षेत्रलाई चिन्तीत र निराश बनाएको छ ।’

लुम्बिनी जस्तो विश्व पर्यटनको केन्द्रमा हुने हरेक किसीमको गतिविधीलाई गति दिन लुम्बिनीमा रहेका विद्यत्तिय बस जसरी पनि नियमित रूपमा संचालन नाट्टाले माग गरेको छ । बस संचालनका लागि लुम्बिनी विकास कोषलाई अगुवाई गर्न आह्वान गर्दै नाट्टाले दबावमुलक कार्यक्रममा नाट्टा साथ दिन तयार रहेको नाट्टाका प्रदेश अध्यक्ष रचना पन्त र महासचिव अन्जन श्रेष्ठको हस्ताक्षर रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ७ : १४ बजे

विराटनगरमा देउवा-कोइराला-सिटौला पक्षको भेला, संस्थापनलाई दबाब

विराटनगर । नेपाली कांग्रेसका संस्थापनइतर तथा असन्तुष्ट समूहले आइतबार कोशी

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली

वन कर्मचारीले भीरबाट टेम्पो खसालेपछि दिए स्पष्टीकरण – ‘हामीले खसालेका हैनौं’

कैलाली । गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा