५ श्रावण २०८३, मंगलबार | July 21, 2026

महानगरको पत्र नआएको भन्दै काठमाडौका हलहरुमा ‘आदिपुरुष’ सहित हिन्दी फिल्म चलाइयो

बालेनको चेतावनी सामाजिक सञ्जालमा सिमित



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी फिल्म ‘आदिपुरुष’ महानगरमा चल्न नदिने चेतावनी सामाजिक सञ्जालमा दिएपनि आधिकारिक निकायमा पत्राचार नगरेपछि काठमाडौ महानागरमा बालेनको अनलाईन चेतावनी विपरित चलचित्र रिलिज भएको छ । बिहिबार सामाजिक सञ्जालमा हिन्दी फिल्म ‘आदिपुरुष’ मा उल्लेखित शब्द नेपालमा मात्र नभएर भारतमा पनि नसच्याएसम्म काठमार्डौमा फिल्म चल्न नदिने भन्दै बालेनले पोष्ट गरेका थिए । उनले सामाजिक सञ्जालमार्फत दिएको चेतावनी फिल्म प्रदर्शनकर्ताहरुले उलंघन गर्दै आजबाट फिल्म रिलिज गरेका हुन् ।

चलचित्र संघको आज बिहान बसेको बैठकले यसबारेमा कुनैपनि आधिकारिक पत्र प्राप्त नआएकाले फिल्म निर्वाध रुपमा हलहरुमा प्रदर्शन गर्ने निर्णय गरेका थिए । आज बिहान सुरक्षा अन्यौलताका कारण रिलिज नभएपनि मध्यान्ह देखि उपत्यकाका सबै हलमा रिलिज भएको बताइएको छ ।

हलवालाहरुलाई पनि आधिकारिक पत्र नपुगेको कारण देखाउँदै मध्यान्हदेखि महानगरभित्रका सबै हलमा ‘आदिपुरुष’सहितका हिन्दी फिल्म सञ्चालनमा आइसकेको बताइएको छ । सेन्सर बोर्डले यसअघि आपत्तिजनक संवाद हटाएर सेन्सर पास गरिएको थियो ।

मेयर शाहले ‘आदिपुरुष’ को प्रदर्शनमा रोक लगाउने बताएपछि नेपाल चलचित्र संघले आकस्मिक बैठक बोलाएको थियो ।

शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत बालेनले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्दमाथि आपत्ति जनाएका थिए । उनले जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सो शब्द सच्चिँदैन तबसम्म काठमाडौँ महानगर पालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए । त्यसका लागि ३ दिनको समय दिइएको उनको भनाइ थियो ।

आठ दिन अघि टी–सिरिजको आधिकारिक युट्युब च्यानलमा चलचित्रको अन्तिम ट्रेलर रिलिज गरिएको थियो । उक्त ट्रेलरमा रामको भूमिकामा रहेका प्रभासले आफ्नो वानर सेनालाई सीतालाई हरण गरेर लगेका रावणसँगको युद्धका लागि प्रेरित गर्दै भनेका छन्, ‘आज मेरो लागि नलड्नु, त्यो दिनको लागि लड्नु जब भारतको कुनै छोरीमाथि हात हाल्नुभन्दा पहिले दुराचारी तिम्रो पौरुष याद गरेर काँप्नेछन् । लड्छौ ?’

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  १ : २१ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान