१७ माघ २०८२, शनिबार | February 1, 2026

गण्डकीमा ३३ अर्ब ४२ करोडको बजेट



गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आव २०८०/८१ का लागि रु ३३ अर्ब ४२ करोड ७२ लाखको बजेट सार्वजनिक गरेको छ । शुक्रबारको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले बजेट प्रस्तुत गरेका हुन ।

चालुतर्फ रु १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार र पूँजीगततर्फ रु २० अर्ब १९ करोड चार लाख ६२ हजार विनियोजन गरिएको छ । पूँजीगततर्फ कूल बजेटको ६० दशमलव चार र चालुतर्फ ३८ दशमलव एक प्रतिशत बजेट विनियोजन भएको हो ।

वित्तीय व्यवस्थातर्फ रु ५० करोड विनियोजन गरिएको मन्त्री मगरले जानकारी दिए । बजेटको स्रोततर्फ सङ्घ सरकारबाट वित्तीय समानीकरण अनुदानबाट रु सात अर्ब ६२ करोड २५ लाख, राजस्व बाँडफाँटबाट रु नौ अर्ब पाँच करोड ३२ लाख, रोयल्टी बाँडफाँटबाट रु ४० करोड आठ लाख १६ हजार, सःशर्त अनुदानतर्फ रु चार अर्ब ९४ करोड १५ लाख, समपूरक अनुदानतर्फ रु ८४ करोड र विशेष अनुदानतर्फ रु ७० करोड प्राप्त हुने अनुमान गरिएको छ ।

प्रदेशको राजस्व परिचालनबाट आन्तरिक राजस्व रु पाँच अर्ब १६ करोड ९१ लख ८४ हजार प्राप्त हुने अनुमान गरिएको मन्त्री मगरले उल्लेख गरे । चालु आवको वार्षिक कार्यक्रम कार्यान्वयनपछि रु तीन अर्ब नगद मौज्दात बचत हुने र रु एक अर्ब ७० करोड आन्तरिक ऋण उठाउने जनाइएको छ ।

चालु आवमा रु ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याइएकामा आन्तरिक स्रोत र सङ्घ सरकारले दिने अनुदान खुम्चिएका कारण आगामी आवको बजेटको आकार घटेको हो । बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, ऊर्जा, पूर्वाधार विकासलगायत क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ६ : ३५ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले