७ माघ २०८२, बुधबार | January 21, 2026

नेपालमा पहिलो पटक मङ्कीपक्स सङ्क्रमण



काठमाडौं । नेपालमा पहिलो पटक मङ्कीपक्स भाइरसको सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्र्दै मङ्कीपक्स भाइरस (एमपक्स) सङ्क्रमण देखिएको जानकारी दिएका छन् ।

“एक ६० वर्षीय विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि काठमाडौँको अस्पतालमा परीक्षण भइरहेको थियो”, उनले जारी गर्नु भएको विज्ञप्तिमा भनिएको छ, “ती महिलाको शरीरबाट नमूना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा आज एमपक्स सङ्क्रमण पुष्टि भएको हो ।”

मङकीपक्सको बारेमा थप खोज अनुसन्धान तथा उपचार जारी रहेको जनाइएको छ । मङ्कीपक्स विश्वभरी हाल १११ देशमा फैलिसकेको छ ।

यो मङ्कीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । यो एमपक्स रोग मानिसबाट मानिसमा वा जनावारबाट मानिसमा सर्ने गर्दछ । सन् १९८० मा विफरको उन्मूलन र विश्वव्यापी विफर खोपको अन्त्यपछि मङ्कीपक्स मध्य, पूर्वी र पश्चिमा अफ्रिकामा निरन्तर देखापरिहेको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ९ : ४४ बजे

एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

काठमाडौं । यसवर्षको एसईई चैत १९ देखि २९ गतेसम्म सञ्चालन

अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

काठमाडौं । अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन

बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिका ११ नहरपुरमा रहेको इडन इङ्लिस बोर्डिङ

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत