१६ चैत्र २०८२, सोमबार | March 30, 2026

बर्षाले नेपाल र हङकङबीचको खेल रद्ध, अंक बाँडदै नेपाल खेलवाटै बाहिरियो



हङकङ । अन्तिम समयमा आएर नेपाल र हङकङ बीच हुने भनिएको खेल रद्ध हुन पुगेको छ । एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा मैदानमा जान लागेकै बेला सुरु भएको वर्षाको कारण हङकङ र नेपालबीचको खेल रद्द भएको हो ।

आज पनि वर्षाको कारण खेल हुन नसकेपछि दुवै टोलीले १–१ अंक बाँडन बिवश भएका थिए । साथै, समान अंक बाँडेका दुवै टोली एकैपटक प्रतियोगितावाट बाहिरिएका छन् ।

आज खेल रद्ध भएसँगै सो समुहवाट तेस्रो स्थानमा रहँदै नेपाल बाहिरिएको हो भने नेपालसँग खेल रद्ध भए पछि हङकङ भने ३ खेलमा २ अंकका साथ पुछारमा रहेर बाहिरिएको हो ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित भएको थियो भने बर्षाको कारण खेल रद्ध भए पछि भारतसँग अंक बाँड्नु परेको थियो । नेपाल ३ खेलमा १ मा हार र दुई खेलमा अंक बाँड्दै २ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरिएको नेपाल क्रिकेट संघले जानकारी दिएको छ ।
सो समुहका भारत र पाकिस्तान भने समान दुई खेलमा एकमा जित र एक खेलमा अंक बाँड्दै ३–३ अंकका साथ शीर्ष र दोस्रो स्थानमा छन् ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  १० : ०३ बजे

नागरिकसँग शिष्ट बोली, बचन एवं व्यवहार गर्न प्रहरीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, तत्काल छोड्न अस्वीकार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज

लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा तत्काल रिहाको आदेश आएन, कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिटिजल प्रणाली चुस्त बनाइने

काठमाडौँ । मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक