८ चैत्र २०८२, आइतबार | March 23, 2026

सडक नबनाउने ठेकेदारलाई कारवाहीको माग गर्दै खजुरामा चक्काजाम



खजुरा । एक हजार ८ सय मिटर सडक ५ वर्षमा पनि सम्पन्न नगरि अलपत्र पारिएपछि बाँकेका खजुराका स्थानीय आन्दोलित भएका छन् । नेपालगन्ज गुलरिया सडक अन्तर्गतको खजुरा बजार क्षेत्रमा पर्ने १८०० मिटर सडक निर्माणमा अनियमितता भएको र ठेकेदार र सडकका अधिकारीहरुको मिलेमतोमा सडकमा अधुरो गुणस्तरहिन काम भएको भन्दै स्थानीयले नेपालगन्ज गुलरिया सडक अवरुद्ध पारेका छन् ।

खजुरा क्षेत्र संरक्षण समितिको आह्वानमा खजुरा बजारका हरेक घरबाट एक सदस्य सडकमा निसकेर प्रदर्शन गरिरहेको खजुरा क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेम बुढाथोकीले बताए ।

बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको सडक निर्माणका लागि रु २१ करोड ४९ लाखमा सम्झौता भएको थियो । निर्माण कम्पनीले निर्माणकार्यमा ढिलाइ गर्दा यात्रु स्थानीयले विगत ५ वर्ष देखि धुलो, हिलोबाट सास्ती खेपिरहेका छन् ।

ठेकेदार कम्पनीलाई सडक डिभिजनले काम गरेको भन्दा बढी रकम भुक्तानी दिएका कारण ठेकेदारको लापरवाही र अराजकता बढेको स्थानीयको आरोप छ । बाटो खनेर पहिलो चरणको गिट्टी बिच्छाइएको भरमा ८५ प्रतिशत काम सम्पन्न भएको भन्दै सडकले ठेकेदारलाई भुक्तानी गरिदिएको स्थानीयको आरोप छ । सडकको उचाई सम्झौता बिपरित घटाउनुका साथै नाला र फुटपाथ निर्माणमा पनि गुणस्तरहिन काम भएको उनीहरुको भनाई छ ।

बिहानै देखि सडकमा निस्केका खजुराबासीहरु सडकमा जुट्ने क्रम थपिँदै गएको छ । स्थानीयले सडक अवरुद्ध गर्न राखेको सामाग्री प्रहरीले हटाउने प्रयास गरेपनि स्थानीयले हटाउन दिएका छैनन् । सडकको अधिकारीहरु खजुरामा नै आएको ठेकेदार कम्पनीको सम्झौता खारेज गर्दै अर्को ठेक्का दिने ग्यारेन्टी गर्नु पर्ने प्रदर्शनकारीको माग छ ।

सो सडक निर्माण थालेको ५ वर्ष पछि नेपालगन्ज गुलरिया सडकको ४ लेनका लागि बाँकी भागको ठेक्का पाएको शर्मा एण्ड कम्पनीले काम थालेको ६ महिनामा उच्च प्रगति गर्दा गजुरमुखीका ठेकेदारले भने आँखामा छारो हाल्ने काम मात्र गरेको खजुराका स्थानीय अगुजा दीपक ढकालले बताए ।

यस अघि पनि पटक पटक आन्दोलित भएका खजुराबासीलाई एक दुई दिन काम गरे जस्तो गर्ने र फेरि बेपत्ता हुने ठेकेदारको प्रबृत्तिले आजित पारेपछि पुनः आन्दोलन गर्नु परेको क्षेत्र संरक्षण समितिका अध्यक्ष बुढाथोकीले बताए ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  १० : ३४ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय