२१ भदौ २०८३, आइतबार | September 6, 2026

कृतिका बनिन् मिस एसईई नेसनल २०२३



काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस एसईई नेसनल २०२३’ को ताज कृतिका रेग्मीले जितेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा आयोजित प्रतियोगीताको अन्तिमस्पर्धामा उनले भ्युअर्स च्वाइस विधासमेत हात पारेकी छन् ।

प्रतियोगितामा त्रिदेवी श्रेष्ठ फस्ट रनरअप तथा अदिती ढकाल सेकेन्ड रनर अप छानिए । त्रिदेवीले फोटोजेनिक अवार्ड प्राप्त गर्दा अदितीले ट्यालेन्ट विधाको अवार्ड आफ्नो पोल्टामा पारिन् । प्रतिस्पर्धा अन्तर्गत थर्ड रनरतर्फ सुजिना भण्डारी र फोर्थ रनरअप तर्फ कृस्टिना ढुंगाना भए । सुजिनाले म्यानेज्मेन्ट च्वाइस र कृष्टिना पब्लिक च्वाइस विधाको समेत विजेता बने ।

युहान इन्टरनेसनल इभेन्ट्सको ब्यानरमा संचालन भएको प्रतियोगितामा सरिना भारती भ्युअर्स च्वाइस, प्रिन्सा थापा पब्लिक च्वाइस, समिका तामाङ पर्सनालिटी, दिया तिमिल्सिना क्याटवाक, मुक्तिना खरेल कन्जिनियालिटी, साकिरा सिंम्खडा कन्फिडेन्ट, ऐश्वर्या पुडासैनी इन्टेलिजेन्ट, जेनिसा खत्री डिलिजेन्ट र आर्या लामा मिस ग्ल्यामरका रुपमा विजेता घोषित भए ।

३२ जना छात्राहरुको सहभागितामा रहेको प्रतियोगितामा शिक्षाविद्ध छविलाल पाण्डे, सम्पादक साहिल खान, मोडल एवं संचारकर्मी रीता कट्टेल तथा नेपाल एयरहोस्टेस् एकेडेमीका रेजिना तुलाधर निर्णायकको रुपमा रहेका थिए ।

प्रतियोगिताको संचालन एवं कोरियोग्राफी फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले गरेका थिए । विजेता सबैले उपाधिका साथमा विभिन्न अवसर समेत हात पारेका छन् ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ७ : ०८ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका