२० मंसिर २०८२, शनिबार | December 6, 2025

ब्रिटिस कलेजद्वारा फिन्टेक एलायन्स नेपालसँग साझेदारी सम्झौता



काठमाडौँ । थापाथलीस्थित द ब्रिटिस कलेज (टिबीसी)ले फिन्टेक एलायन्स नेपाल (फ्यान)सँगसाझेदारी सम्झौता गरेको छ । फिनटेक उद्योगलाई बृहतबनाउने उदेश्यकासाथ दुई संस्थाबीच शुक्रबार काठमाडौंमा साझेदारी सम्झौता भएको हो ।

फिन्टेक एलायन्स नेपाल गैरनाफामुखी संस्था र यसले फिनटेक बजारमा सहभागीहरू र सरोकारवालाहरू बीचको सहकार्यलाई बढावा दिने काम गर्दै आएको बताइएको छ । यस संस्थाले सदस्यहरूलाई आधुनिक समाधानहरू मार्फत सामूहिक रूपमा उद्योगका चुनौतीहरूलाई सम्बोधन गर्ने अवसर प्रदान गर्दै आएको सो संस्थाले जनाएको छ ।

साझेदारीसँगै कलेजले फिन्टेक बजारसँगको सम्बन्धलाई सुदृढ गर्दै आफ्ना विद्यार्थीहरुको लागि पनि अवसरहरुको बाटो खोलेको कलेजले जनाएको छ । कलेजका अनुसार सहकार्यले विद्यार्थीहरुलाई फ्यानले गर्दै आएको मासिक कार्यक्रमहरूमा विशेष पहुँच प्रदान गर्नेछ । फ्यानको मासिक कार्यक्रममा करिब १०० फिनटेक प्रोफेशनलहरुको सहभागिता रहँदै आएको छ । सो कार्यक्रममा विद्यार्थीहरुले प्रतिष्ठित स्थानीय र अन्तर्राष्ट्रिय अतिथि वक्ताहरूद्वारा सेमिनारहरूमा पहुँचको अवसर पनि प्राप्त गर्नेछन् । त्यस्तै, साझेदारीले विद्यार्थीहरुकालागि फिनटेक उद्योगभित्र इन्टर्नशिप र प्लेसमेन्ट सम्भावनाको बाटो पनि खोलिदिएको छ ।

साझेदारीबारे उत्साह व्यक्त गर्दै ब्रिटिश कलेजका उपप्रध्यापक, डा. प्याट्रिक म्याकक्रडनले भने, ‘यो सहकार्यहामा विद्यार्थीहरुको लागि निकै फलदायी रहनेछ । विद्यार्थीहरुकालागि आफ्नो छनौट गरिएका क्षेत्रहरूमा उत्कृष्टता हासिल गर्ने र फिन्टेक व्यवस्थापन, फिन्टेक व्यवसायको विकास, साइबर सुरक्षा, र विकास जस्ता क्षेत्रहरूमा उनीहरूको प्रक्षेपणलाई आकार दिने र उत्कृष्ट सल्लाहकारहरुबाट मार्गदर्शन पाउने अवसर प्राप्त गर्नेछन् ।’

त्यस्तै, फ्यानका अध्यक्ष सञ्जीव सुब्बाले पनि आवश्यक सीप, नेटवर्क र ज्ञानको साथ महत्वाकांक्षी फिन्टेक पेशेवरहरूलाई सशक्त बनाउन र गतिशील फिन्टेक परिदृश्यमा फस्टाउन सहयोगको सम्भावनालाई जोड दिने बताए । उनले भने, ‘यो साझेदारीले प्रतिभाहरुलाई प्रोत्साहन गर्दै नविनतालाई सघाउँछ र फिन्टेक इकोसिस्टमको विकासमा योगदान पुर्याउँछ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ४ : ४४ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले