८ चैत्र २०८२, आइतबार | March 23, 2026

तिलोत्तमाको ‘मद्राहनी बुद्धपार्क’को अवधारणाबारे छलफल



लुम्बिनी । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बुद्धकालिन सभ्यतासँग जोडिएको ‘मद्राहनी बुद्धपार्क’ को अवधारणाबारे छलफल गरिएको छ। लुम्बिनी विकास कोषले स्थानीय समुदायको अनुरोधमा तयार पारेको प्रारम्भिक गुरुयोजना र अवधारणाबारे आईतबार तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरिएको हो ।

तिलोत्तमा ११ भुपुसैनिक उत्तर रोहिणी नदि किनारमा अवस्थित हरियालि सामुदायिक वन भित्र करिब ६ बिगाह क्षेत्रफलमा बौद्धधर्मग्रन्थमा उल्लेख गरिएको रोहीणी नदी सभ्यतालाई जोडेर पार्कको अवधारणा कोषले तयार पारेको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बुद्धकालिन सयममा कोलिय र शाक्य गणराज्यको सिमाका रुपमा रोहणीनदी रहेको त्यही सभ्यता उजागर गरेर पर्यटक आर्कषित गर्न पार्क निर्माणले सहयोग गर्ने बताए ।

उनले मायारानीबाट अपभ्रश भएर मद्राहानी कुमारवर्ति क्षेत्र बनेकाले मद्राहनी क्षेत्र ऐतिहासिक पुरातात्विक रुपमा महत्वपूर्ण क्षेत्र रहेको बताए ।

रोहीणी नदीको बिषयमो कोलिय र शाक्यहरूविच कुलोपानीको बाँडफाँड सम्बन्धि मतभेद हुँदा बुद्धले मध्यमार्ग अपनाएकाले यही सन्दर्भलाई मद्राहनी बुद्धपार्कबाट उजागर गर्न सकिने उनले बताए । स्थानीयहरुको आग्रह अनुसार कोषले वाटर पार्क सहितको मद्राहानी पार्कको परिकल्पना गरि गुरुयोजना तयार पारेकाले स्थानीय सरकारलाई अगुवाई गर्न कोषाध्यक्ष भट्टराईको आग्रह छ ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण, पप्रमुख जागेश्वरीदेवी चौधरी, वडा अध्यक्षहरुसँग कोषका प्रतिनिधि र स्थानीयहरुविच छलफल भएको थियो । नगरप्रमुख खाँणले पार्क निर्माणका लागि नगरपालिका सकरात्मक रहेको बताउँदै स्थानीय समुदायको अग्रसरतामा योजना अघि बढाउने बताए ।

छलफलमा नगरउपप्रमुख चौधरीले अवधारणा अनुसार पार्क निर्माणका लागि वनसँग जग्गाको बिषयलाई टुंगो लगाएर जानुपर्नेमा जोड दिईन ।

अवधारणा सम्बन्धी छलफलमा बौद्धग्रन्थका जानकार पूर्व प्रदेश सांसद डा। कृष्णप्रसाद न्यौपानेले रोहणी नदी बौद्धग्रन्थमा असाध्यै पवित्र नदीका रुपमा उल्लेख गरेकाले यसलाई आधार बनाएर पार्क निर्माण गर्न सके त्यसले देवदह र तिलोत्तमा क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । उनले बुद्धजन्मस्थल लुम्बिनीसँगै देवदह र रामग्राममा पर्यटकीय पूर्वाधार थपिदा पर्यटकको बसाईअवधि थपिने बताए ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्री, जनप्रतिनिधि राधा शाही, गोपाल घिमिरे, लुम्बिनी विकास कोषका वनस्पती शाखा प्रमुख कमलेश प्रसाद वर्मा, ईञ्जिनियर नविन कर्ण, कन्सल्टेन्ट इञ्जिनियर सञ्जु कैनी लगायतले सुझाव दिएका थिए ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  १० : ४२ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय