११ पुस २०८२, शुक्रबार | December 26, 2025

मुहार फेर्दै दुर्गम बस्ती खल्ला मसेट्टी



बेदकोट । कञ्चनपुरको भीमदत्त नगरपालिका-९ खल्लाका रङ्गे बुढालाई टेलिफोन सम्पर्क गर्न रुख चढेको सम्झना ताजै छ । नेपाल टेलिकमको ‘टावर’ पुगेपछि अहिले उनको बाध्यता हटेको छ ।

उनी अहिले नेपाली सिमकार्डकै प्रयोग गरेर टेलिफोन सम्पर्क गर्ने गर्छन । “यहाँ टावर नहुँदा नेपाली सिमबाट सम्पर्क गर्न डाँडो वा रुख उक्लिनुप¥थ्यो, त्यसैले अधिकांश स्थानीयले भारतीय सिम प्रयोग गर्थे”, उनले भने, “अहिले यो बाध्यता हटेको छ, बिजुलीसँगै टावर बनेपछि सहजै सम्पर्क हुन्छ ।”

कञ्चनपुरको दुर्गम भेगका रुपमा चिनिने भीमदत्त नगरपालिका-९ को खल्ला, मसेट्टी र टुँडिखेलले स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास निर्माणमा गति लिएको छ । विकासका पूर्वाधारबाट पछाडि परेका चुरे फेदीका यी बस्ती सडक सञ्जाल, विद्युत् र सञ्चारलगायतका सेवा सुविधामा जोडिएका छन् ।

“अगाडि विद्युत्को सुविधा थिएन, सोलार र टुक्कीले काम चलाउँथ्यौँ, दुई/तीन वर्षयता विद्युत् आएको छ”, टुँडिखेलका लोकबहादुर थापामगरले भने, “अन्धकारमा बस्नुपर्ने बाध्यता हटेको छ ।” खल्ला, मसेट्टी र टुँडिखेलका स्थानीयले पछिल्लो केही वर्षयता विकासका पूर्वाधारसँग जोडिँदै गएको उनको भनाइ छ । डडेल्धुराबाट बसाइँसराइ गरेर यहाँ आएका उनी डेढ दशकअघिदेखि टुँडिखेलमा बस्दै आएका छन ।

“सुरुआतमा यहाँ आउँदा निकै कठिन थियो, बाटोघाटो, शुद्ध पिउने पानी, विद्युत्लगायत केही सुविधा थिएन”, उनले भने, “दशक जति निकै दुःख झेलेर जीवन निर्वाह ग¥यौँ ।” खल्ला, मसेट्टी र टुँडिखेल सदरमुकाम महेन्द्रनगरदेखि झण्डै १५ किलोमिटरको दूरीमा पर्छन् । महाकालीको तिरैतिर ग्राभेल बाटो बनेपछि यहाँका स्थानीय सदरमुकामसँग जोडिएका छन् ।

“वर्षौंपछि सडक सुविधा पाएका हौँ, पहिलोपटक स्थानीय तहमा जनप्रतिनिधि आएपछि हामीले विकासको आभाष गर्न पायौँ”, भीमदत्त नगरपालिका–९ खल्लाका सुरेन्द्र कठायतले भने, “अहिले गाउँसम्मै गाडी चल्छ ।” यसअघि बाटोको सुविधा नहुँदा यहाँका स्थानीय हिँडेरै आवतजावत गर्ने गरेका थिए । खल्ला, मसेट्टी र टुँडिखेलसम्म महेन्द्रनगरबाट दिनहुँ एक बस छुट्ने गरेको छ ।

गाउँ गाउँमा बस तथा अटो पुग्न थालेपछि आवतजावतमा निकै सहजता थपेको स्थानीयको भनाइ छ । विसं २०५२ देखि खल्ला, मसेट्टी र टुँडिखेलमा मानव बस्ती बस्न थालेको हो । टुँडिखेलमा करिब दुई सय ५०, खल्लामा एक सय ५० र मसेट्टीमा ७० परिवारको बसोबास रहेको छ । खल्लाकी मनिषा साउदले बर्खायाममा महाकालीमा आउने बाढीले दुःख दिने गरेको बताए ।

उनका अनुसार अझै सिँचाइको सुविधा नपुगेकाले आकाशको पानीको भरमा बाली लगाउने गरिन्छ । “सिँचाइको सुविधा नहुँदा आकाशको पानीको भरमा बाली लगाउनुपर्छ, अन्न खानलाई पनि उत्पादन हुँदैन”, उनले भने ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ७ : ५३ बजे

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्ररेणाका पुञ्ज हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण

हुम्लाको सर्केगाडमा भीषण आगलागी, दुई जना गम्भीर घाइते, चार घर जले

सुर्खेत । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-२ स्थित रिप गाउँमा बिहीबार

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’