२१ असार २०८३, आइतबार | July 5, 2026

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव



मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा सुन्तला महोत्सव तथा फुड फेस्टिबल हुने भएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न टेवा पुग्ने विश्वासका साथ महोत्सवको आयोजना गरिएको चितवन उद्योग सङ्घ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले बताए । प्रदर्शनीमा ५० भन्दा बढी स्टल रहने उनले जानकारी दिए ।

महोत्सवमा इच्छाकामनाका १०० जना सुन्तला उत्पादन गर्ने किसानले आफ्नो उत्पादनको प्रत्यक्ष लाभ लिनेछन् । स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवर्द्धन हुने तथा स्थानीयस्तरमा आपसी भाइचारा र व्यावसायिक सञ्जाल निर्माण हुन गई सम्बन्ध विस्तार हुने लक्ष्य लिइएको छ ।

महोत्सवमा सुन्तलाविज्ञ किसान र जनप्रतिनिधिहरुबीच अन्तरक्रिया, सुन्तला खाने प्रतियोगितालगायत सुन्तलाखेती गर्ने किसान लक्षित विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ । मुग्लिन बजार क्षेत्रमा हुने महोत्सवले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास लिएको अध्यक्ष कँडेलले बताए ।

होटल व्यवसायले पहिल्यैदेखि नै संसारभर पहिचान बनाएको मुग्लिन बजारमा फुड फेस्टिबल हुन लाग्दा स्थानीय होटल व्यवसायीमा उत्साह छाएको होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइका अध्यक्ष पुजन भण्डारीले बताए । उनले यहाँको थकाली तथा नेवारी खानाका साथै इच्छाकामनामा उत्पादन हुने स्थानीय रैथाने बालिको परिकारहरूको स्वाद लिन पाइने बताए ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले सुन्तला उत्पादनबाट वार्षिक यस क्षेत्रका जनताले रु नौ करोडदेखि १० करोडको कारोबार गर्ने गरेको बताए ।

यहाँको सुन्तला स्वादिष्ट हुने भएकाले बिक्रीका लागि बजारको कुनै समस्या नरहेको बताए । सुन्तलाका बगैँचा जोगाउन र नयाँ क्षेत्र विस्तार गर्न गाउँपालिकाले प्रत्येक वर्ष बीउबाट उत्पादन गरिएको सुन्तलाका बिरुवा वितरण गरिँदै आएको अध्यक्ष गुरुङको भनाइ छ ।

नयाँ प्रविधियुक्त सामग्रीको वितरण, टिपाइ, गोडमेल, गोठेमल तथा सिँचाइ व्यवस्थापनमा आवश्यक सहयोग गाउँपालिकाले गर्दै आएको उनले बताए ।

सुन्तला महोत्सव तथा फुड फेस्टिबलले यहाँको पर्यटकीय क्षेत्रहरूको समेत प्रचारप्रसार गराउन सहयोग मिल्ने अध्यक्ष गुरुङको भनाइ छ । पुस १५ गतेसम्म चल्ने महोत्सवको गाउँपालिका संरक्षक रहेको छ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ७ : ३३ बजे

ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने

नयाँदिल्ली । पश्चिमएशियामा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि

प्रचारप्रशारका क्रममा चलचित्र ‘गौँथली’ को निर्माण टिम कलाकारसहित नेपालगन्जमा

नेपालगन्ज । आगामी साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको