८ चैत्र २०८२, आइतबार | March 23, 2026

लुम्बिनी प्रदेशका १ हजार ६२ क्रियाशील पत्रकारको दुर्घटना बीमा



बुटवल । लुम्बिनी प्रदेशका १ हजार ६२ क्रियाशील पत्रकारको एकमुष्ट दुर्घटना बीमा गरिएको छ । पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको पहलमा प्रदेशका क्रियाशील एक हजार ६२ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको हो ।

प्रदेश सरकारको सहकार्यमा एक हजार ६२ जना पत्रकारको एक पत्रकार बराबर ६ लाख २५ हजार रुपैयाँको दुर्घटना बीमा गरिएको महासंघका लुम्बिनी प्रदेश महासचिव विक्रम खड्काले जानकारी दिए ।

पत्रकारको दुर्घटना बीमाका लागि आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयका शाखा अधिकृत तुल्सीराम पौडेल, राष्ट्रिय बीमा कम्पनी भैरहवाका शाखा प्रमुख सुशील पाण्डे र नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

दुर्घटना बीमामा पत्रकारको दुर्घटनामा मृत्यु भएमा, स्थायी तथा अस्थायी अंगभंग भएमा औषधी उपचार तथा आतंकवादबाट हुने जोखिमको रक्षावरण गर्ने उल्लेख गरिएको छ ।

पत्रकारको दुर्घटना बीमा गर्न आगामी वर्षको लागि पनि बजेट विनियोजन गरिएको आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयका सचिव लालबाबु कवारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  १० : १३ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय