१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बागमतीका मन्त्री श्रेष्ठले सिन्धुली कारागारलाई हस्तान्तरण गरे राइस स्टिमर मेशिन



सिन्धुली । आन्तरिक मामिला तथा कानुन मन्त्रि गंगा नारायण श्रेष्ठले जिल्ला कारागार सिन्धुलीलाई राइस स्टीमर मेसिन हस्तानतरण गरेका छन ।

जिल्ला कारागार सिन्धुलीलाई ४ थान राइस स्टीमर मेसिन हस्तानतरण गरेको बाग्मती प्रदेशका मन्त्रीले सो जानकारी दिएका हुन ।

१ हजार भन्दा बढि कैदीबन्दी रहेको कारागारमा दाउरामा खाना बनाउनको लागि असहज भइरहेको गुनासोको सम्बोधन गर्दै मन्त्रि श्रेष्ठले राइस स्टीमर मेसिनको ब्यबस्था गरिदिएका हुन । उनका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालको आर्थिक सहयोगमा नेपालमा नै कारागारलाई पहिलो पटक सो मेसिन प्रदान गरिएको हो ।

केहि समय अगाडि जिल्ला कारागार सिन्धुलीको अनुगमनको क्रममा १ हजार जना भन्दा धेरै कैदिबन्दीलाई खाना बनाएर खानको लागि समस्या भएको गुनासो गरे पछि राइस स्टीमर मेसिन प्रदान गरिएको मन्त्रि श्रेष्ठले बताए ।

‘लामो समयसम्म आफैंले बन्दी जीवन बिताएको जिल्ला कारागार सिन्धुलीमा मन्त्री बनेपछि निरीक्षण गर्न जाँदा झन्डै १ हजार बन्दी बस्दै आएको यस कारागारमा दाउराबाट खाना बनाउन साह्रै गाह्रो देखेपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट राइस स्टिमर उपलब्ध गराउने प्रतिबद्धता गरेको थिएँ’ उनले हस्तान्तरण कार्यक्रम पछि उनले भने, ‘सोही प्रतिबद्धता अनुसार ४ लाख ६५ हजार ९ढुवानी समेत० को करिब १ हजार जनालाई खाना बनाउन मिल्ने ४ थान राइस स्टिमर कारागार प्रशासनलाई हस्तान्तरण गरियो ।’ उनका अनुसार बागमती प्रदेश सरकारले कारागारलाई साँच्चैको सुधारगृह बनाउन चाहेका छ ।

मन्त्री श्रेष्ठको पहलकदमी अनुसार कारागालाई हस्तान्तण गरिएको ४ ट्रे को २ थान र १२ ट्रे को २ थान गरी चार थान राइस स्टीमर कारागारलाई प्रदान गरिएको हो ।

 

 

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  १० : २६ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले