२९ असार २०८३, सोमबार | July 13, 2026

बागमतीका मन्त्री श्रेष्ठले सिन्धुली कारागारलाई हस्तान्तरण गरे राइस स्टिमर मेशिन



सिन्धुली । आन्तरिक मामिला तथा कानुन मन्त्रि गंगा नारायण श्रेष्ठले जिल्ला कारागार सिन्धुलीलाई राइस स्टीमर मेसिन हस्तानतरण गरेका छन ।

जिल्ला कारागार सिन्धुलीलाई ४ थान राइस स्टीमर मेसिन हस्तानतरण गरेको बाग्मती प्रदेशका मन्त्रीले सो जानकारी दिएका हुन ।

१ हजार भन्दा बढि कैदीबन्दी रहेको कारागारमा दाउरामा खाना बनाउनको लागि असहज भइरहेको गुनासोको सम्बोधन गर्दै मन्त्रि श्रेष्ठले राइस स्टीमर मेसिनको ब्यबस्था गरिदिएका हुन । उनका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालको आर्थिक सहयोगमा नेपालमा नै कारागारलाई पहिलो पटक सो मेसिन प्रदान गरिएको हो ।

केहि समय अगाडि जिल्ला कारागार सिन्धुलीको अनुगमनको क्रममा १ हजार जना भन्दा धेरै कैदिबन्दीलाई खाना बनाएर खानको लागि समस्या भएको गुनासो गरे पछि राइस स्टीमर मेसिन प्रदान गरिएको मन्त्रि श्रेष्ठले बताए ।

‘लामो समयसम्म आफैंले बन्दी जीवन बिताएको जिल्ला कारागार सिन्धुलीमा मन्त्री बनेपछि निरीक्षण गर्न जाँदा झन्डै १ हजार बन्दी बस्दै आएको यस कारागारमा दाउराबाट खाना बनाउन साह्रै गाह्रो देखेपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तर्फबाट राइस स्टिमर उपलब्ध गराउने प्रतिबद्धता गरेको थिएँ’ उनले हस्तान्तरण कार्यक्रम पछि उनले भने, ‘सोही प्रतिबद्धता अनुसार ४ लाख ६५ हजार ९ढुवानी समेत० को करिब १ हजार जनालाई खाना बनाउन मिल्ने ४ थान राइस स्टिमर कारागार प्रशासनलाई हस्तान्तरण गरियो ।’ उनका अनुसार बागमती प्रदेश सरकारले कारागारलाई साँच्चैको सुधारगृह बनाउन चाहेका छ ।

मन्त्री श्रेष्ठको पहलकदमी अनुसार कारागालाई हस्तान्तण गरिएको ४ ट्रे को २ थान र १२ ट्रे को २ थान गरी चार थान राइस स्टीमर कारागारलाई प्रदान गरिएको हो ।

 

 

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  १० : २६ बजे

अर्थमन्त्रीको अवैतनिक राजस्व सल्लाहकारमा अर्याल नियुक्त

काठमाडौँ  । अर्थमन्त्री डा स्वर्णिम वाग्लेको अवैतनिक राजस्व सल्लाहकारमा एफसिए

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण

प्राधिकरणमा घिमिरे र काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस

सञ्चार क्षेत्रको अवस्था, चुनौती र आगामी दिशाबारे डिजिटल मिडिया ‘सोसाइटी’ सँग छलफल

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले डिजिटल मिडिया

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ