२३ चैत्र २०८२, सोमबार | April 6, 2026

ब्रोकर लाइसेन्स खुला गर्न अर्थ समितिको निर्देशन



काठमाडौ । नयाँ ब्रोकर लाइसेन्स लाइसेन्सको प्रक्रिया रोक्न अर्थ समितिले दिएको निर्देशन खारेज भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले यसअघिको आफ्नै निर्देशन खारेज गर्दै लाइसेन्स प्रक्रिया अघि बढाउन दिने निर्णय गरेको हो ।

छलफलका क्रममा नयाँ ब्रोकर लाइसेन्सलाई रोक्न नहुने निष्कर्ष निस्कियो । खुला अर्थतन्त्रको मान्यतामा पहिलो पटक खुला प्रणालीबाटै लाइसेन्स वितरणको प्रक्रिया अघि बढाइएकाले यसले कसैलाई पनि हानी नगर्ने निष्कर्षसहित प्रक्रिया अघि बढाउन भनिएको छ ।

जेठ २९ गतेको अर्थ समितिको बैठकले कानुनी व्यवस्था मिलाएर बोर्डले थप लाइसेन्स बाँड्न लागेको भन्दै विरोध भएको थियो भने लाइसेन्स प्रक्रिया नै रोक्न धितोपत्र बोर्डलाई निर्देशन गरेको थियो ।

विवादकाबीच अघि बढेको नयाँ ब्रोकर लाइसेन्सका ४५ कम्पनीले आवेदन दिएकामा हालसम्म प्रक्रिया पुर्‍याएका र पूर्वाधार तयार गरेका १९ कम्पनीले लाइसेन्स पाइसकेका छन् । बाँकी आवेदन परेका कम्पनीहरूको समेत प्रक्रिया र पूर्वाधार हेरेर मापदण्ड पुगेकालाई लाइसेन्स दिन बोर्डको तयारी छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  १२ : ४२ बजे

२ हजार ६ सय रुपैयाले घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ६ सय

बागमती प्रदेशसभा चैत २४ गते बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन भोलि चैत २४ गते

नेपालगन्ज–गुलरिया सडकको पेडारी नालामा पुल बनेपछि सास्ती हट्यो

नेपालगन्ज । नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा

हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा

काठमाडौं । हुलाकमार्फत विदेश पठाइने र विदेशबाट आयात भएका मालवस्तु

सुजनले चौथोपटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २