५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री सवार गाडी दुर्घटना



धनगढी । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना भएको छ ।

सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सिंह सवार डडेल्धुराबाट बझाङ चैनपुर आउँदै गरेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परि मन्त्री सिंह सहित ५ जना घाइते भएका छन् । दुर्घटनामा परि मन्त्री सिहंकि श्रीमती अम्रिता देवी सिंह,चालक धर्मराज जोशी, सुरक्षा गार्ड डम्बर भण्डारी र मन्त्री सिंहकी आफन्त जानकी देवी सिंह घाईते भएका छन ।

मन्त्री सिंह बेहोस छन् भने उहाँकी श्रीमतीको कान बाट रगत बगीरहेको प्रहरीले बताएको छ ।
भाईतेहरुको केदारस्युँ गाउँपालिका १ देउरास्थित ऋृतु पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । अन्य घाइते ४ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।

 

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  २ : ५८ बजे

दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै

काठमाडौं । शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर

भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी