१८ माघ २०८२, आइतबार | February 1, 2026

बझाङ सवारी दुर्घटना : प्रदेश गृहमन्त्री पत्नी सहित २ जनाको मृत्यु, गृहमन्त्री सिंहलाई कोहलपुर पठाइयो



धनगढी । सुदूरपश्चिम प्रदेशको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा भएको सवारी दुर्घटनामा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहकी पत्नी सहित २ जनाको मृत्यु भएको छ ।

डडेल्धुराबाट बझाङ चैनपुर आउँदै गरेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खस्दा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मन्त्री पत्नी अम्रिता देवी सिंह र मन्त्रीका आफन्त जया देवी सिंह रहेका छन् ।

दुर्घटनाबाट गम्भीर घाइते भएका मन्त्री सिंह र सुरक्षा गार्ड दिपक भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरबाट कोहलपुर पठाइएको सुदूरपश्चिम प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्याम सिंह चौधरीले जानकारी दिए  ।

चालक धर्मराज जोशीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ४ : ३९ बजे

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु

भारतको बजेट : पूर्वाधार र उत्पादनमा ठूलो लगानी

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अस्थिर वित्तीय बजार र

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक