१५ माघ २०८२, बिहिबार | January 30, 2026

काठमाडौ महानगरले चालु आर्थिक वर्षमा १२३ रोपनी सार्वजनिक जग्गा संरक्षण, २५ वटा पार्क निर्माण



काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको जनाएको छ ।

सार्वजनिक जग्गा अनधिकृत प्रयोग भएको जनगुनासो सम्बोधन गर्ने क्रममा कामपाले चालु आवमा एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको महानगरप्रमुख बालेन्द्र शाहले बताएका छन् ।

उनका अनुसार एक वर्षअघि भएको स्थानीय तहको निर्वाचनको समयमा आफूले जारी गरेको घोषणापत्रअनुसार काम गर्दै जाने क्रममा एक वर्षको अवधिमा उक्त सार्वजनिक जग्गाको संरक्षण गर्न सम्भव भएको हो ।

घोषणपत्रमा भनेअनुसारको काम गर्ने पुनः प्रतिबद्धता जनाउँदै प्रमुख शाहले नयाँ पार्क निर्माण, स्मार्ट सडक बत्ती जडान, फुटपाथमा राखिने गरिएका पसल हटाउने र त्यसको सहज प्रयोगमा ल्याउने काम पनि एक वर्षको अवधिमा भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

निर्वाचनको बेला भएको घोषणाअनुसारनै शारीरिक तन्दुरुस्ती, सतर्कता र भावनात्मक रूपमा स्थिरता कायम राख्ने पार्कको निर्माणको काम उल्लेख्यरूपमा भएको पनि उनले बताएका छन्छ । त्यस्तै एक वर्षकै अवधिमा २५ वटा नयाँ पार्क निर्माण भएको उनले लेखेका छन् ।

बालेनका अनुसार सहरको सुरक्षा र पैदलयात्रीलाई सहजता प्रदान गर्नका लागि कामपाले यस अवधिमा एक हजार सात सय स्मार्ट सडक बत्ती जडान गरेको छ । त्यस्तै ४२ किलोमिटर सडक कालोपत्र, सात किलोमिटर नयाँ ढल निर्माण, एक हजार पाँच सय मिटर फुटपाथ निर्माण भएको छ ।

सार्वजनिक शौचालय र सामुदायिक विद्यालय भवन निर्माण तथा मर्मत पैदलयात्रीको सहजताका लागि सडक किनारामा राखिने फुटपाथ पसल हटाएर यात्रुलाई आवागमन गर्न सहज र सरल बनाइएको छ । जसका कारण बानेश्वर, बसपार्कलगायतका स्थानमा आवतजावतमा निकै सहज भएको बताइएको छ ।

त्यसैगरी यसै शैक्षिक सत्रदेखि कामपामा रहेका सबै सामुदायिक विद्यालयमा पहिलोपटक बुक फ्रि फ्राइडे कार्यक्रम सञ्चालन भइरहेको छ भने माध्यमिक तह कक्षा ९ देखि १२ सम्म शिक्षामा सिम कार्यक्रम लागू भइसकेको छ । कामपामा रहेका ५९ वटा माध्यमिक विद्यालयमध्ये ५६ वटामा यो कार्यक्रम लागू भइसकेको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ७ : ३४ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला