१४ जेष्ठ २०८३, बिहिबार | May 29, 2026

काठमाडौ महानगरले चालु आर्थिक वर्षमा १२३ रोपनी सार्वजनिक जग्गा संरक्षण, २५ वटा पार्क निर्माण



काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको जनाएको छ ।

सार्वजनिक जग्गा अनधिकृत प्रयोग भएको जनगुनासो सम्बोधन गर्ने क्रममा कामपाले चालु आवमा एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको महानगरप्रमुख बालेन्द्र शाहले बताएका छन् ।

उनका अनुसार एक वर्षअघि भएको स्थानीय तहको निर्वाचनको समयमा आफूले जारी गरेको घोषणापत्रअनुसार काम गर्दै जाने क्रममा एक वर्षको अवधिमा उक्त सार्वजनिक जग्गाको संरक्षण गर्न सम्भव भएको हो ।

घोषणपत्रमा भनेअनुसारको काम गर्ने पुनः प्रतिबद्धता जनाउँदै प्रमुख शाहले नयाँ पार्क निर्माण, स्मार्ट सडक बत्ती जडान, फुटपाथमा राखिने गरिएका पसल हटाउने र त्यसको सहज प्रयोगमा ल्याउने काम पनि एक वर्षको अवधिमा भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

निर्वाचनको बेला भएको घोषणाअनुसारनै शारीरिक तन्दुरुस्ती, सतर्कता र भावनात्मक रूपमा स्थिरता कायम राख्ने पार्कको निर्माणको काम उल्लेख्यरूपमा भएको पनि उनले बताएका छन्छ । त्यस्तै एक वर्षकै अवधिमा २५ वटा नयाँ पार्क निर्माण भएको उनले लेखेका छन् ।

बालेनका अनुसार सहरको सुरक्षा र पैदलयात्रीलाई सहजता प्रदान गर्नका लागि कामपाले यस अवधिमा एक हजार सात सय स्मार्ट सडक बत्ती जडान गरेको छ । त्यस्तै ४२ किलोमिटर सडक कालोपत्र, सात किलोमिटर नयाँ ढल निर्माण, एक हजार पाँच सय मिटर फुटपाथ निर्माण भएको छ ।

सार्वजनिक शौचालय र सामुदायिक विद्यालय भवन निर्माण तथा मर्मत पैदलयात्रीको सहजताका लागि सडक किनारामा राखिने फुटपाथ पसल हटाएर यात्रुलाई आवागमन गर्न सहज र सरल बनाइएको छ । जसका कारण बानेश्वर, बसपार्कलगायतका स्थानमा आवतजावतमा निकै सहज भएको बताइएको छ ।

त्यसैगरी यसै शैक्षिक सत्रदेखि कामपामा रहेका सबै सामुदायिक विद्यालयमा पहिलोपटक बुक फ्रि फ्राइडे कार्यक्रम सञ्चालन भइरहेको छ भने माध्यमिक तह कक्षा ९ देखि १२ सम्म शिक्षामा सिम कार्यक्रम लागू भइसकेको छ । कामपामा रहेका ५९ वटा माध्यमिक विद्यालयमध्ये ५६ वटामा यो कार्यक्रम लागू भइसकेको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ७ : ३४ बजे

विभिन्न मुलुकका लागि राजदूत पदमा आवेदन/सिफारिस आह्वान

काठमाडौँ । परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकहरूका लागि रिक्त नेपालको राजदूत

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिका र इरान

तेहरान । मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त

कालिगण्डकीमा खसेर रुपन्देहीका एक बालक बेपत्ता

म्याग्दी । म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालिगण्डकी नदीमा

छोरी हत्या अभियोगमा आमा पक्राउ

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई

बदली र वर्षाले आगामी केही दिन शीतल महसुस हुने

काठमाडौँ । पछिल्लो केही दिनदेखि नेपालको तराई क्षेत्रमा तापक्रम घट्दा