१६ भदौ २०८३, मंगलबार | September 1, 2026

मेडिकल काउन्सिलको लोगो कीर्ते आरोपमा दुई जना पक्राउ



काठमाडौं । नेपाल मेडिकल काउन्सिलको लोगो कीर्ते गरेको आरोपमा प्रहरीले दुई जना पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कास्कीका २४ वर्षीय नविन पौडेल र २४ वर्षकै आशिष अधिकारी रहेका छन् । प्रहरीले बुधबार उनीहरूलाई बानेश्वरबाट पक्राउ गरेको हो ।

पीफीए एसोसियसन प्रालि नामक इन्स्टिच्युटले नेपाल मेडिकल काउन्सिलको स्वीकृति विना काउन्सिलको लोगो, नाम र परीक्षा प्रश्नपत्रको ढाँचा प्रयोग गरेर तयारी कक्षा सञ्चालन गरेको पाइएपछि उनीहरू पक्राउ परेका हुन् ।

थप कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसरमा पठाइएको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ९ : १२ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत