५ पुस २०८२, शनिबार | December 20, 2025

वेस्ट इन्डिजद्वारा नेपाललाई ३४० रनको विशाल लक्ष्य पेश



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत नेपाललाई वेष्ट इण्डिजबाट ३४० रनको विशाल लक्ष्य पाएको छ ।

जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा आज भएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको वेस्ट इन्डिजले नेपाललाई ३४० रनको विशाल लक्ष्य दिएको हो । नेपालले पाएको यो लक्ष्य अहिलेसम्मकै सबैभन्दा ठूलो हो ।

सुरुवातमा दुई विकेट लिन सफल भए पनि नेपाली बलरहरुलाई वेस्ट इन्डिजको मध्यक्रमका ब्याट्सम्यानले हायलकायल बनाएका थिए ।

वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउदै तीन सय ३९ रनको योगफल बनायो । वेस्ट इन्डिका कप्तान शाई होपले सर्वाधिक एक सय ३२ रनको योगदान दिए । उनले एक सय २९ बल खेल्दै १० चौका र तीन छक्का प्रहार गर्दै एक सय ३२ रनको योगदान दिएका हुन ।

त्यस्तै निकोलस पुरनले एक सय १५ रन बनाए । उनले ९४ बलमा १० चौका र चार छक्कासहित एकसय १५ रनको योगफल बनाएका हुन् । चौथो विकेटका लागि पुरन र होपले दुई सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए ।

ब्रेन्डन किङ्गले ३२ रन जोडे । उनले ४२ बल खेल्दै दुई चौका र दुई छक्काको मद्धतमा ३२ रन बनाएका हुन् । यस्तै रोभम्यान पावेलले २९ रन बनाए । उनले १४ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गर्दै २९ रन बनाएका हुन् । वेस्ट इन्डिजका सुरुआती व्याट्सम्यान कायल मेयर्सलाई एक रनमा आउट भए भने जासोन होल्डरले अविजित १६ रन बनाए ।

बलिङतर्फ नेपालका ललित राजबंशीले तीन विकेट लिए भने करण केसी, गुलशन झा, सन्दिप लामिछाने र दीपेन्द्रसिह एरीले समान एक÷एक विकेट लिए । नेपाललाई उक्त प्रतियोगिताको सुपर सिक्समा पुग्नको लागि वेस्ट इन्डिजविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ ।

यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो । नेपाल अहिले जवाफी व्याटिङमा उत्रेको छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ४ : ५८ बजे

देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।