८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

पार्टी एकताका लागि माओवादीको औपचारिक जवाफको प्रतिक्षामा छौँ : गङ्गा श्रेष्ठ



काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले नेकपा (माओवादी केन्द्र) र नेसपाबीच एकताका लागि पटक–पटक वार्ता गरी आधार प्रस्तावसमेत प्रस्तुत गरिसकेको बताएका छन् ।

सञ्चार माध्यममा कार्यरत पत्रकारसँगको भेटघाटमा उहाँले पार्टीले पठाएको आधार प्रस्तावबारे माओवादीको औपचारिक जवाफको प्रतिक्षामा रहेको जानकारी दिए ।

नेता श्रेष्ठले भने,“माओवादी पक्षले पार्टीको आगामी बैठकबाट औपचारिकरुपमा तपाईहरुलाई जवाफ दिन्छाँै भन्नुभएको छ, त्यो कहिले आउँछ भन्ने प्रतिक्षामा हामी छौँ । जवाफ आइसकेपछि त्यसका आधारमा पार्टी एकतासम्बन्धी ठोस् निर्णय गरेर अघि बढछौँ ।”

पार्टी एकताको प्रक्रिया अघि बढिसकेकाले अहिले गठन भएको मोर्चाले चुनौती खडा गर्छ कि भन्ने शङ्का नगर्न आग्रह गर्दै प्रदेश मन्त्री श्रेष्ठले एकताको प्रक्रिया भिन्न कोर्स भएकाले कुनै अन्योल नरहेको प्रतिक्रिया दिए ।

उनले भने,“पार्टी एकता भन्नासाथ सिद्धान्त, दर्शन, कार्यदिशा, राजनीतिक कार्यक्रम, सङ्गठन, नेतृत्व प्रणालीलगायतका विषय हाम्रो तर्फबाट लिखित अवधारणा दिएका छौँ । वार्ता समिति बनाएर, पटक–पटक वार्ता गरेर नेसपाको तर्फबाट लिखितरुपमा एकताका निम्ति आधार प्रस्ताव प्रस्तुत गरिएको हो ।”

हालै गठन भएको समाजावादी मोर्चाले समाजवादको आधार निर्माणको निम्ति काम गर्छ कि गर्दैन भनेर जनताले नजिकबाट हेरिरहेको बताउँदै मन्त्री श्रेष्ठले भने,“ मोर्चा अहिलेकै सरकार टिकाउनका निम्ति मात्रै प्रयोग भएमा मुलुक र जनताका निम्ति सुखद रहन्न ।”

यसैबीच, उनले प्रदेशको आन्तरिक मामिला मन्त्रालय मातहतको प्रेस रजिष्टारको कार्यालयले हालसम्म एक हजार पाँच सय ८७ जना सञ्चारकर्मीको दुर्घटना बीमा र आठ सय भन्दाबढी पत्रकारलाई परिचयपत्र उपलब्ध गराएको बताए ।

पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्ने हेतुले यस आर्थिक वर्ष रु ५० लाख विनियोजन गरिएको तथा पत्रकारको क्षमता वृद्धिका लागि प्रदेश सरकारले विभिन्न शीर्षका तालिम प्रशिक्षण गर्दैआएको उनले बताए।

सञ्चारकर्मीलाई उपचार र यातायातमा सहयोग र सुविधाका लागि गृहकार्य भइरहेको जानकारी दिँदै मन्त्री श्रेष्ठले हेटौँडामा सञ्चारग्राम निर्माण र सूचना बैंकको स्थापना गर्न बजेटको व्यवस्थापन गरिएको जानकारी दिए। विज्ञापनका क्षेत्रमा विचौलियाको प्रभाव रोक्न विभिन्न प्रयास भइरहेको उनले बताए ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  ५ : १० बजे

तिनाउको ड्यामसाइडमा डुबेका भारतीय युवक मृत फेला

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता

निर्माण व्यवसायीका समस्या समाधान गर्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले निर्माण व्यवसायीका समस्या समाधान

आगामी साता लगातार ४ दिन सार्वजनिक बिदा

काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकर ईद (ईद-उल-अजहा) अवसरमा

लापर्वाही गर्ने र अनावश्यक रूपमा ढिलाइ गर्ने व्यवसायीप्रति राज्य कडा रूपमा प्रस्तुत हुने

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीले उठाएका समस्या

असामान्य वर्षाः प्रि–मनसुनको झरी, सम्भावित ‘सुपर एल निनो’ र सुक्खा मनसुनको चुनौती

काठमाडौँ । यस वर्ष नेपालको मौसमी अवस्था सामान्यभन्दा निकै फरक