७ श्रावण २०८३, बिहिबार | July 23, 2026

फ्राइडे रिलिजः आजबाट ‘अन्तिम संस्कार’ प्रदर्शन



काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट नयाँ नेपाली फिल्म ‘अन्तिम संस्कार’ प्रदर्शनमा आएको छ ।

प्रदीप शाहीद्वारा निर्देशित यो फिल्ममा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन,श्याम राई, पासाङ्ग लामा, विकाश अधिकारी, सरोज खालिङ्ग राई, सस्मिता गिरी, दिग्गज खत्री, सरोज कुमाल, धर्मानन्द आचार्य आदि कलाकारले अभिनय गरेका छन् ।

साई प्रोडक्शन नेपालको ब्यानरमा ह्याम्साएर एकाउण्टेनको सहकार्य रहेको यो फिल्ममा भाइराजा थापा, राजुकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रविन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको यो फिल्म सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको छ । ‘मर्डर मिस्ट्रि’ को कथालाई फिल्ममा समावेश गरिएको निर्माण पक्षको भनाइ छ ।

यसैबीच, फिल्म प्रदर्शनमा आउनु एक दिनअघि बिहिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मकी अभिनेत्री दिया पुनले हरेक अभिनय आफूलाई निभाउनका लागि कठिन हुने र आफूले गर्ने अभिनयको अनुसन्धान गरेर मात्रै अभिनय गर्ने गरेको बताइन् ।

अभिनेत्री रेश्मा घिमिरेले ‘अन्तिम संस्कार’ मा आफूले निर्वाह गरेको भूमिका फिल्मका लागि र आफ्ना लागि पर्याप्त रहेको बताउँदै अब भने आफूलाई कुनै पनि अभिनय गर्नका लागि आत्मविश्वास बढेको बताइन् ।

बाबु श्रेष्ठको छायाँकन, रुपेश गुरुङको सम्पादन रहेको यो फिल्मको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन् ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ८ : १३ बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ