काठमाडौं । अदालतको आदेशको अवज्ञा गर्दै महानगरका हलहरुमा हिन्दी फिल्म चलाउन नदिन काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह(बालेन)ले पठाएका नगर प्रहरी एकाएक हलहरुबाट फिर्ता भएका छन् । अदालतको फिल्म चल्न दिनु भन्ने अन्तरिम आदेशलाई चुनौती दिँदै महानगर प्रमुले आदेश नमान्ने घोषणा सहित बिहानैबाट हलहरुमा नगर प्रहरी खटाएका थिए ।
काठमाडौं महानगरपालिकाले हिन्दी फिल्म संचालनमा अवरोध गर्न पठाएको नगर प्रहरी फिल्म हलहरुबाट ८ बजेपछि फिर्ता हुन सुरु गरेका छन् । हिजोबाट प्रत्यक हलहरुमा १०र१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न परिचालन गरिएकोमा महानगरले आज बिहान आठ बजे सबै नगर प्रहरी फिर्ता बोलाएको हो ।
हलहरुबाट नगर प्रहरी फिर्ताका सम्बन्धमा काठमाडौं महानगरपालिकाका नगरप्रमुख राजु पाण्डेले नेपाली जनताले बहिष्कार गरेपछि हलमा फिल्म बन्द गर्न बस्न नपरेकाले फिर्ता गरिएको प्रतिक्रिया दिएका छन् ।
मेयर बालेन शाहले हिन्दी फिल्म आदिपुरुषमा सीताको बारेमा विवादास्पद संवाद राखेको भन्दै सबै हिन्दी फिल्म चलाउन रोक लगाएका थिए । तर उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
त्यसलगत्तै बालेनले अदालत र सरकार भारतको गुलाम भएको आरोप लगाउँदै आफुले कुनै कुनै कानुन र अदालतलाई नमान्ने घोषणा गरेका थिए । अदालत र कानुनलाई भारतको गुलाम भएको आरोप लगाएपछि उनको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
प्रतिक्रिया