४ पुस २०८२, शुक्रबार | December 19, 2025

शिक्षाको लागि सहयोगार्थ तामाङ समाज यूएईको सांगीतिक कार्यक्रमको तयारी पूरा



युएई । वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका तामाङहरुको छाता संगठन तामाङ समाज युएईको सांगीतिक कार्यक्रमको अन्तिम तयारी पूरा भएको छ ।

‘मेरो संस्कृति मेरो पहिचान, शिक्षाको लागि समाज’ भन्ने मुल नाराको साथ समाजले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रम ‘म्युजिकल प्रोग्राम-१ २०२३’ को तयारी पूरा भएको हो ।

युएईको दुई शहरहरु रस अल खैमहको इन्डियन एसोसिएसनमा जुन २९ तारिख ,दिउँसो ०३:०० बजे र दुबईको एभरेस्ट क्लबमा जुलाई २ तारिख, दिउँसो १ बजे विजोड सांस्कृतिक कार्यक्रमको तयारी गरेका छन् ।

उक्त कार्यक्रमका लागि सांस्कृतिक प्रस्तुति दिन नेपालबाट चर्चित सेलो गायिका सुमिना लो, गायक प्रदिप लामा र मोडल तथा नायिका नम्रता सापकोटा युएई जाँदैछिन भने युएईमा रहेका स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुति दिने तामाङ समाज युएईका महासचिव नवीन दोङले जानकारी गराए ।

विशेषगरी शिक्षाको कारण तामाङ समुदाय सामाजिक, आर्थिक र राजनीतिक हिसाबले पछाडि परेको कुरालाई मध्यनजर गर्दै शिक्षाको क्षेत्रमा केही आर्थिक सहयोग गर्ने उदेश्यले उक्त म्युजिकल कार्यक्रम राखेको महासचिव दोङले बताए । उनले थप भने ‘हाम्रो उदेश्य नाचगान मात्रै हैन, शिक्षाको कारण पछाडि परेको तामाङ समुदायले उत्थानको लागि सानो प्रयास पनि हो ।

कोही तामाङको छोराछारी पैसाको कारण पढ्न नपाएको देख्न नपरोस्, त्यसका लागि हामीले आफ्नो ठाउबाट गरेको सानो कोशिश हो यो सांस्कृतिक कार्यक्रम ।’ तामाङ समाज युएईले लामो समयदेखि विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी आर्थिक स्थिति नाजुक तामाङ समुदायका बालबालिकाहरुलाई छात्रवृत्ति तथा तामाङ समुदायको बहुलियता भएको विद्यालयलाई आर्थिक सहयोग गर्दै आइरहेका छन् भने युएईमा अलपत्र नेपालीहरुको समेत उद्धार गर्दै आइरहेका छन् ।

यसअघि तामाङ समाज युएईले “शिक्षाको लागि समाज कार्यक्रम” अन्तर्गत प्रदान गर्दै आएको रकम १११,१११ रुपैयाँलाई बढाएर १५५,५५५ रुपैयाँ दिने निर्णय गरिएको छ भने छात्रवृत्ति स्वरुप दिदै आएको १५,००० रुपैयाँ रकमलाई २०,००० रुपैयाँ दिने भएको छ । त्यसैगरी तामाङ समाजको उत्कृष्ट ब्यक्तित्वहरुलाई प्रोत्साहन स्वरूप प्रदान गरिने “Top Talent Encouragment Award”को रकम १५००० रुपैयाँलाई बढाएर २५,००० रुपैयाँ बनाउने निर्णय गरेका छन् ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  ३ : ५९ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता