१२ पुस २०८२, शनिबार | December 27, 2025

किसानलाई व्यावसायिक पुष्पखेती तालिम



भरतपुर । चितवनको रत्ननगरका किसानलाई व्यावसायिक बनाउन पुष्पखेती तालिम दिइएको छ । रत्ननगर नगरपालिका-९ को आयोजना र पुष्प विकास केन्द्र गोदावरी ललितपुरको प्राविधिक सहयोगमा आइतबार प्रशिक्षण दिइएको हो ।

सहभागी ५१ किसानलाई खेती गर्ने तरिका र बजारीकरणका बारेमा प्रशिक्षण दिइएको थियो । तालिममा किसानलाई माला उन्नसमेत सिकाइएको वडाध्यक्ष अनन्त अधिकारीले जानकारी दिए । “सयपत्री फूलखेतीमा मात्रै आत्मनिर्भर बन्न सके पनि धेरै पैसा बचत हुन्छ”, उनले भने, “वडाले किसानले उत्पादन गरेको फूलको बजारीकरणका लागि पनि सहयोग गर्नेछ ।”

फूल उत्पादन गरी बजारीकरण गरेर आर्थिकरूपमा धेरै किसान सबल भइरहेको उल्लेख गर्दै अब रत्ननगरमा पनि व्यावसायिक फूलखेती विस्तारमा पालिकाले जोड दिएको कृषि शाखा प्रमुख प्रविन लामाले बताए । उनले धेरै किसान पछिल्लो समय पुष्पखेतीमा आकर्षित भएको बताए ।

समुदायमा आधारित चोरी-सिकारी नियन्त्रण युवा जागरण अभियान बछौलीका अध्यक्ष वसन्त रानाले प्लास्टिकजन्य फूल आयातलाई निरुत्साहित गर्न पुष्पखेती विस्तार अनिवार्य रहेका कारण तालिम महत्त्वपूर्ण भएको बताए । उनले यस्ता तालिम निरन्तर सञ्चालन हुनुपर्ने बताए । तालिमका सहभागीलाई पुष्पविज्ञ सुधीर श्रेष्ठ, वासुसिंह साउद र सुमन्त पोखरेलले प्रशिक्षण दिएका छन ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ८ : ०४ बजे

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

‘नयाँ-पुरानो होइन, एजेन्डा र गन्तव्य महत्वपूर्ण’ – महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ वा

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा । चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

काठमाडौं । नेपाल सरकारले सनातन वैदिक दर्शन, संस्कृत शिक्षा तथा

रास्वपाको समानुपातिक उम्मेदवार छनोट आजदेखि, ३८० आकांक्षीबीच आन्तरिक मतदान सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक