२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

कांग्रेस बलियो भए लोकतन्त्रको संस्थागत विकास हुन्छ : सहमहामन्त्री पाण्डे



बैतडी । नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले लोकतन्त्रको संस्थागत विकासका लागि कांग्रेस बलियो हुनुपर्ने बताएका छन् ।

बैतडी सदरमुकाममा कार्यकतासँगको अन्तक्र्रियात्मक कार्यक्रममा पाण्डेले कांग्रेसलाई बलियो बनाए मात्रै लोकतन्त्रको संस्थागत विकास हुने दाबी गरे ।

उनले भने, “जनताको पक्षमा काम गर्न सक्ने पार्टी कांग्रेस नै हो । त्यसैले लोकतन्त्रको संस्थागत विकास र देश विकासका लागि कांग्रेस बलियो हुनुपर्छ ।”

कांग्रेस पार्टीभित्र देखिएका कमजोरी र समस्या हटाई तल्लो तहदेखि नै बलियो कांग्रेस बनाउनुपर्नेमा जोड दिए । उनले भने, “पार्टीभित्र रहेका समस्या, कमी कमजोरी हटाएर सबैले कांग्रेस बलियो बनाउन लाग्नुपर्छ ।”

अन्तक्र्रियामा नेपाली कांग्रेस बैतडीका उपसभापति खगेन्द्रसिंह धामी, पूर्वजिल्ला सभापति नरेन्द्रसिंह थापा, जिल्ला कोषाध्यक्ष चक्रबहादुर चन्द, जिल्ला सहसचिव दीपेन्द्रबहादुर चन्दलगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ९ : ४९ बजे

माछापुच्छ्रे बैंकले दियो दुर्गमको सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर

काठमाडौं । माछापुच्छ्रे बैंकले दुर्गम क्षेत्रको बिद्यार्थीहरुको सूचना प्रविधिको शिक्षालाई

बैंकिङ कसुर मुद्दामा फरार खजुराकी अनु पक्राउ

नेपालगन्ज । फरार अभियुक्त पक्राउलाई तिब्र पारेको बाँके प्रहरीले बैंकिङ

संविधानले आकार नै लिनसकेको छैन, बरु थप गिजोलिँदै गएको छ, समीक्षा र सुधार जरुरी छ : पूर्व सभामुख ढुङ्गाना

काठमाडौं । पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको

पतिको हत्या अभियोगमा पत्नी पक्राउ

दाङ । उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको