३० श्रावण २०८३, शनिबार | August 15, 2026

रुपन्देहीमा २६४ घरेलु हिंसा मध्य ४७ बढी यौन हिँसा



बुटवल । रुपन्देहीमा घरेलु हिंसा तथा यौन हिंसाका घटना उच्च रहेको एक प्रतिवेदनले देखाएको छ । जिल्लामा पछिल्लो ६ महिनाको अवधिमा ३१५ वटा मानव अधिकार उल्लंघनका घटनामा मध्ये सबैभन्दा बढी २६४ वटा घरेलु हिंसासँग सम्बन्धित रहेका छन् भने ४७ वटा यौन हिंसासँग सम्बन्धित घटनाहरु भएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक रुपन्देहीले नेपाल मानव अधिकार वर्ष पुस्तक-२०२४ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षामा मानव अधिकार उल्लंघनका घटनासँग सम्बन्धित तथ्याङ्क सार्वजनिक गरेको हो । इन्सेक रुपन्देहीले गत पुस १७ गतेदेखि असार ११ गतेसम्म जिल्लामा सङकलन गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको विषयमा विभिन्न बहुक्षेत्रीय सरोकारवालाहरुबीच समीक्षा गरेको छ ।

इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीले तथ्यांक प्रस्तुत गर्दे बालबालिका सम्बन्धी बलात्कारका २६ वटा, यौन दुरव्यवहारका ६ वटा, महिला सम्बन्धी बलात्कार ८ वटा र बलात्कार प्रयास ७ वटा घटना भएको जानकारी गराए । त्यस्तै मानव बेचविखन तथा ओसार पसारका ५ वटा, पारिवारिक हत्या ४ वटा, बालिका हत्या परिवार १ जना, अपहरण तथा शरिर बन्धक १, बहुविवाह ८ जना, जवरजस्ती गर्भपतन १ जना र घरेलु हिंसाबाट २ सय ६४ जना पीडित रहेको इनसेक प्रतिनीधि बिसीले जानकारी दिइन् ।

कार्यक्रममा राष्टिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सोमनाथ सुवेदीले इन्सेकको देशैभरी नेटवर्क भएको र मानवअधिकारको क्षेत्रमा महत्वपूर्ण कार्य गर्दे आएको बताए । प्रमुख सुवेदीले मानवअधिकार संस्कृतिको विकास गर्नका लागि इन्सेकको महत्वपूर्ण भूमिका रहेकोले आगामी दिनमा अझै सक्रिय भएर लाग्न अनुरोध गरे । इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख मोहन जोशीले मानवअधिकारको अवस्था विगतको तुलनामा सुधार भएको भए पनि सन्तोष गर्ने ठाउँ नभएको बताए ।

इलाका प्रहरी कार्यालयका बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले नेपाल प्रहरी मानवअधिकारको हिसाबले अत्यन्त्यै संवेदनशिल भएर शान्ति सुरक्षा कायम गर्दै सबै नागरिकलाई विभेदरहित व्यवहारमा सेवा दिने प्रमुख दायित्वका साथ काम गरेको दाबी गरे । कार्यक्रममा जिल्ला बालसुधार केन्द्र रुपन्देहीका प्रमुख कल्पना अर्यालले बिभिन्न कारणले बालसुधारगृहमा राख्नुपरेका बालकहरुलाई राख्ने ठाउ साँघुरो भएको र बालमैत्री सेवा प्रवाह गर्न नसकेकाले राज्यले ध्यान पुर्याउनका लागि पहल गरिदिन इन्सेकलाई आग्रह गरिन् ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय रुपन्देहीका शाखा अधिकृत धनिश्वर पन्थीले सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीहरुको अनुपात वेमेलहुँदा सामुदायिक विद्यालयमा पनि सामान्य शुल्क लिएर विद्यालय संचालन गरिरहेको बताए । कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सल्लाहकार गोविन्द खनालले सरकारले निर्माण गर्ने भौतिक संरचनाहरु अहिले पनि मानवअधिकारमैत्री, अपांगतामैत्री नभएको उल्लेख गरे । भौतिक विकास मात्र विकास हो भन्ने मानसिकता तीनै तहका सरकारहरुमा नहटेसम्म मानवअधिकारको संस्कार हुन नसक्ने भन्दै यस्ता विषयमा गंभिर हुन सरकारलाई आग्रह गरे ।

नेकपा एमालेका रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसीले इन्सेकले लामो समयदेखि मानवअधिकारको क्षेत्रमा काम गर्ने अग्रणी र नेतृत्वदायी संस्था भएकोले मानवअधिकारको संरक्षण, प्रवर्द्धन र परिपूर्तिका लागि राज्य र सम्बन्धित राजनीतिक दलहरुलाई खबरदारी गर्दे आएको भन्दै मानवअधिकारको उल्लंघन कर्तालाई आफ्नो पार्टीले कुनै पनि हालमा संरक्षण नगर्ने बताए ।

त्यसै गरी नेपाली काग्रेसका बुटवल नगर उपसभापति ज्योति भण्डारीले मानवअधिकारको संस्कृति विकासका लागि इन्सेकले महत्वपूर्ण भूमिका खेलेको भन्दै मानवअधिकार संस्कृतिको विकासमा जोड दिन पार्टीको तर्फबाट प्रतिवद्ध रहेको बताए । नेकपा माओवादी केन्द्र रुपन्देहीका अध्यक्ष निर्मल जि.सी.ले आफ्नो पार्टी मानवअधिकारको विषयमा संवेदनशिल भएको र आफ्ना पार्टीका नेता कार्यकर्ता कसैले मानवअधिकारको उल्लंघन गरेमा त्यस्तालाई कारवाहीका लागि सहयोग गर्न आफूहरु प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा उपभोक्ताहित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुद्र जि.सी., पारदर्शी सरोकार केन्द्रका सचिव दिपक ढकाल, यौनिक तथा लैगिंक अल्पसंख्यक अधिकारकर्मी आनिक राना, पत्रकार डिबी सुस्लिङ्ग, दलित अधिकारकर्मी मनु खडका, लगायतले बोल्दै मानव अधिकारका दृष्टिकोणबाट सत्य तथ्य घटनालाई अभिलेख गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  १० : १२ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर