५ पुस २०८२, शनिबार | December 20, 2025

अनुगमनका नाममा व्यवसायीहरुलाई अनावश्यक दु:ख दिने काम भयो : रुपन्देही मिष्ठान्न क्याटरिङ तथा पार्टी प्यालेस संघ



बुटवल । अनुगमनका नाममा व्यवसायीहरुलाई तर्साउने काम गरिएको भन्दै रुपन्देही मिष्ठान्न क्याटरिङ व्यवसायी तथा पार्टी प्यालेस संघले आपत्ती जनाएको छ । बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले बुटवल उपमहानगरपालिकाले गरेको अनुगमन प्रति ध्यानार्कषण भएको बताएको हो ।

असार ६ गते बुटवलको तीनकुनेमा रहेको मनकामना डेरि तथा मिष्ठान्न भण्डारमा उपमहानगरपालिकाले अनुगमन गरेर ल्याव टेष्ट बिना नै अखाद्य भनेर अनावश्यक प्रचारबाजी गरि ब्यबसायीलाइ बदनामी बनाइएको उल्लेख गरे । संघले बिहानै व्यवसायीले पसल खोल्ने समयमा उपमहानगरपालिकाको अनुगमन टोली आएको र अनुगमन गर्दा विना उपकरण र चेकजांच विनानै अनुगमन गरेको पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

संघका अध्यक्ष लक्ष्मण पोखरेलले ल्याव टेष्ट विनै अनुगमनमा आएकाहरुले मनलाग्दी शैलीले अनुगमन गर्दा व्यवसायीमा त्रास बढेको भन्दै अखाद्य बस्तु भेटिएको प्रचार गरिएपनि त्यसको पुष्टि अनुगमन समितिले नगरेको बताए ।

अखाद्य भनेर प्रमाण विनै खाद्य सामाग्रीहरु पसल अगाडि नष्ट गरेको भन्दै अध्यक्ष पोखरेलले व्यवसायीलाई अनावश्यक दवाव र तनाव दिने काम गर्न उपमहानगरपालिकालाई आग्रह गरे ।

आफुहरु सधै अनुगमनको पक्षमा रहेको बताउंदै कुनै पनि व्यवसायीलाई व्यक्तिगत रिसिवी जस्तै ठानेर आधार र प्रमाणविना अनुगमन गर्न नपाईने उनले बताए । मनकामना दुध डेरि तथा मिष्ठान्न भण्डारका सञ्चालक तिलकराम खरेलले अनुगमनमा आएको टोलीसंग कुनै पनि उपकरण नभएको र मनोमानी ढंगले फ्रिज खोलेर सामान बरामद गरि नष्ट गरेको बताए ।

उनले ल्याव टेष्ट बिना नै उपमहानगरपालिकालको अनुगमन टोलीले अखाद्य भनि प्रचारबाजी गरेको भन्दै यसबाट ठुलो आर्थिक क्षती पुगेको र क्षर्तिपूर्तिको माग समेत गरे । रुपन्देहीमा आर्थिक मन्दीका कारण ब्यबसायी धराशायी भैरहदा १५० बाट अहिले ११० जनामा झरेको छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ७ : २५ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य