२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

सशक्तीकणका लागि आगामी दिन थप उत्साह र प्रेरणादायी हुनेछ : सभामुख घिमिरे



काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालको राजनीतिक आन्दोलनमा मुस्लिम समुदायले पु¥याएको योगदानको स्मरण गर्दै मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र सम्वर्द्धन तथा सशक्तीकणका लागि आगामी दिन थप उत्साह र प्रेरणादायी हुने विश्वास लिएका छन ।

इद-उल-अजहा (बकर इद) को अवसरमा इस्लाम धर्मावलम्बीलाई सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गरे । उनले आन्दोलनको उपलब्धिस्वरूप मुस्लिम समुदायको हकहितको संरक्षण र सम्वर्द्धन तथा सशक्तीकरणका लागि मुस्लिम आयोगलाई संवैधानिक आयोगलाई मान्यता दिएको स्मरण गर्दै आयोगका सकारात्मक प्रयासहरूको स्मरण गरेका छन ।

त्याग, समर्पण र बलिदानको पर्यायका रूपमा मनाइने बकर इदले सेवाभावका कार्यहरू आत्मसात् गर्दै सहिष्णुता, आपसी सद्भाव, भावनात्मक एकता र भाइचारा सम्बन्ध विकास हुने उनले विश्वास लिएका छन । “मुस्लिम दर्शनअनुसार मुस्लिम समुदायले यस पर्वका अवसरमा असहाय, गरीब र विपन्न परिवारलाई अनिवार्यरूपमा सहयोग गर्नुपर्ने मान्यता उदाहरणीय रहेको छ, नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश हो, हामीबीचको पारस्परिक एकता र सम्मान हाम्रो संस्कृति हो”, शुभकामना सन्देशमा भनिएको छ ।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ६ : ५७ बजे

एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन

पर्वत । पर्वतको जलजला गाउँपालिका-८ को फर्से बस्तीबाट दैनिक ८००

विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट रु ३१ लाख ५१ हजारसहित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स ९यूएई० दुबईका

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम

बागमती किनारका सुकुम्बासी हटाउँदा कमजोरी भएको स्वीकार्दै गृहमन्त्री गुरुङद्वारा माफी

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बागमती नदी किनारमा रहेका सुकुम्बासी