१९ बैशाख २०८१, बुधबार | May 1, 2024

बकर इद पर्वले राष्ट्रिय एकतालाई थप सबल बनाउने विश्वास लिएको छु – आयोग अध्यक्ष अन्सारी



काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले इद-उल-अजहा (बकर इद) पर्वले राष्ट्रिय एकता, अखण्डता, आपसी मित्रता र धार्मिक सहिष्णुतालाई थप सबल र सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन ।

सो पर्वका अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीको महान् चाड इद-उल-अजहा (बकर इद) का अवसरमा शुभकामना व्यक्त गर्दै उनले यो पर्वले विकासको मार्गमा अघि बढ्न र ‘समृद्ध नेपाल र सुखी नेपाली’को परिकल्पना साकार पार्ने प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन । १४४४ जिल-हिज्जाको १० तारिखमा मुस्लिम समुदायले मनाउने इद-उल-अजहा (बकर इद) हर्षोल्लासमय वातावरणमा तीन दिनसम्म मनाइने ठूलो चाड हो ।

यस चाडका अवसरमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकआपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउने गरिन्छ । यस पर्वमा बिहान सबेरै उठेर स्नान गरी शुद्ध हुने र खुला स्थान, इदगाहा वा मस्जिदमा गई इद-उल-अजहाको नमाज पढ्ने र एकआपसमा अङ्गालोमा बाँधिएर शुभकामना आदानप्रदान पछि आआफ्नो घरमा गई कुर्वानी गर्ने गरिन्छ । अध्यक्ष अन्सारीले पर्वका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन ।

 

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ७ : ०३ बजे

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन

लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ नेपाल’ को सेवा शुभारम्भ

बुटवल । लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ