२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

मुख्यमन्त्री कार्कीलाई माओवादीले विश्वासको मत नदिने



विराटनगर  । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेकाके छ ।

बिहीबार बसेको माओवादी केन्द्रको कोशी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरिरहँदा माओवादीले सो निर्णय गरेको हो ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत दिन आग्रह गर्दै प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पत्राचार गरेका छन् ।

तर, यही बेला बिहीबार बसेको माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो । यसअघि नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।

प्रकाशित मिति : १४ असार २०८०, बिहिबार  ३ : ०४ बजे

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम

बागमती किनारका सुकुम्बासी हटाउँदा कमजोरी भएको स्वीकार्दै गृहमन्त्री गुरुङद्वारा माफी

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बागमती नदी किनारमा रहेका सुकुम्बासी

इराकस्थित अमेरिकी दूतावासद्वारा इराकमा रहेका अमेरिकी नागरिकलाई सतर्क रहन आग्रह

बगदाद । इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा

प्रहरी हवल्दारमाथि धारिलो हतियार प्रहार

नेपालगन्ज । विद्यालयको जग्गा अतिक्रमण हटाउन गएको टोलिका एक प्रहरी

प्रधानमन्त्रीको सीमासम्बन्धी धारणा ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले यही जेठ